बिहीबार, मंसिर २५, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • निजी घर बनाउन नगरपालिकाको गाडी दुरुपयोग, रिपोर्टिङ गर्न पुगेका पत्रकारलाई बनाइन् बन्धक

निजी घर बनाउन नगरपालिकाको गाडी दुरुपयोग, रिपोर्टिङ गर्न पुगेका पत्रकारलाई बनाइन् बन्धक

कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीमाथि अर्को गम्भीर आरोप लागेको छ।
 |  सोमबार, मंसिर २६, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

सोमबार, मंसिर २६, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीमाथि अर्को गम्भीर आरोप लागेको छ। उनले आफ्नो निजी घर बनाउन नगरपालिकाको ट्र्याक्टरलगायत सवारीसाधन र अन्य सामानहरू प्रयोग गर्ने गरेको आरोप लागेको हो। नगरपालिकाको गाडीमा शाहीले निजी प्रयोजनका लागि काठ ओसार्न प्रयोग गरिरहेको भिडियो समेत बाहिरिएको छ।

कार्यालयका सामानको दुरुपयोग गर्ने खबर पाएपछि रिपोर्टिङ गर्न पुग्दा आफूलाई बन्धक बनाएको आरोप एक पत्रकारले लगाएका छन्। न्यूज ट्वान्टीफोर टेलिभिजनको सुदूरपश्चिम ब्यूरोमा कार्यरत पत्रकार खेम ढुंगानाले आफूलाई मेयर शाहीले बन्धक बनाएको बताएका हुन्। आफूसँग भएका सञ्चार सामग्री पनि मेयर शाहीले नियन्त्रणमा लिएको उनको आरोप छ। उनले भनेका छन्, ‘प्रहरीकै अगाडि नियन्त्रणमा लिई रिपोर्टिङका लागि खिचिएको भिडियो फुटेज डिलिट गरियो।’

यसअघि मेयर शाहीमाथि आफ्नै शोरुमबाट कार्यपालिकामा छलफल नै नगरी टेन्डरबिनै वडाध्यक्षका लागि भनेर १० वटा मोटरसाइकल किनेको आरोप लागेको थियो। करिब ४० लाख रुपैयाँ सरकारी बजेट दुरुपयोग गरी नगर कार्यपालिकामा प्रस्ताव नै नलगी स्वमर्जी मोटरसाइकल किनेपछि उनी विवादमा तानिएकी थिइन्। सार्वजनिक खरिद ऐन छल्न ४ महिनाको अवधिमा उनले पटकपटक गरेर आफ्नो शोरुमबाट वडाध्यक्षका लागि भनेर सवारी खरिद गरेकी थिइन्।

प्रकाशित: Dec 12, 2022| 13:19 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।