काठमाडौं– नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले सर्वोच्च अदालतबाट पुनर्बहाली भएका सांसद सबै खुसी र सुखी भएको विश्वास व्यक्त गरेकी छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले भनिन्, ‘एउटै कार्यकालमा तीनपल्ट बधाई खाने सांसद हामी। सबैलाई बधाई छ। सबै खुसी हुनुहुन्छ, सुखी हुनुहुन्छ होला।’
केपी ओली सरकार आफ्नै कारणले बाहिरिएको भन्दै अहिले किन रोइल गरेको भन्दै प्रश्न गरिन्। ओली सरकारले गफमात्रै गरेर छाडेका काम अहिलेको सरकारले पूरा गर्नुपर्ने उनले बताइन्।