शनिबार, वैशाख १५, २०८१

'दिस टाइम फर अफ्रिका'

मैदानमा रेफ्रीले खेल सकिएको घोषणा गरेको जनाउ दिँदै सिट्ठी फुकेपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ट्वीटरमा लेखेको थियो– इतिहास बन्यो। साँच्चै नै मोरक्को पहिलो पटक विश्वकपको सेमीफाइनल पुग्ने अफ्रिकी देश भएर इतिहास रचेको थियो।
 |  आइतबार, मंसिर २५, २०७९

विनय सापकोटा

विनय सापकोटा

आइतबार, मंसिर २५, २०७९

काठमाडौं– जारी कतार विश्वकपमा मोरक्कोले भर्खरै पोर्चुगललाई हराएको थियो। विश्वचर्चित गायिक साकिराले सामाजिक सञ्जालमा लेखिन्– ‘दिस टाइम फर अफ्रिका।’ सन् २०१० मा दक्षिण अफ्रिकामा विश्वकप आयोजना हुँदा उनले गाएको त्यहि बोलको गीत विश्वकपको लागि सदावहादर गीत बनेको छ। जब विश्वकप आउँछ, मानिसको मुखमा आइहाल्छ, ‘वाका वाका ए ए...’

triton college

उनले त्यतिबेला अफ्रिकामा भएको विश्वकपको लागि गीत गाएकी थिएन्। त्यसको १२ वर्षपछि मोरक्कोको सेमीफाइनल यात्राको साथी बनेको छ साकिराको गीत– दिस टाइम फर अफ्रिका।

अल थुमामा रंगशालामा शनिबार राति यस्तै माहोल थियो। गीत फरक थियो, भाव त्यही।  ‘सेर, सेर (जाउ जाउ),’ समर्थकले बाहिरबाट अवाज लगाइरहेका हुन्थे, ‘डिमा मघरिब (सधैंको मोरक्को)।’ अहिले मोरक्कोको जितले बाँकी सबै टिमको जितलाई फिक्का बनाइदिएको छ।

विश्वकपभरी अफ्रिकै अफ्रिका भएको समयमा क्रोएसिया, अर्जेन्टिना र फ्रान्सको जित नै छायामा परेको छ। पहिलो हाफको अन्तिमतिर पोचुर्गलविरुद्ध अग्रता बनाउँदै मोरक्कोले सेमीफाइनल यात्रा तय गरेको थियो। त्यो यात्राले इतिहास रच्यो। ‘हामीले केसम्म जित्न सक्छौं भनेर देखाइरहेका कारण होला सबैले हामीलाई प्रेम गरेका छन्,’ जितपछि मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुईले भनेका छन्।

मैदानमा रेफ्रीले खेल सकिएको घोषणा गरेको जनाउ दिँदै सिट्ठी फुकेपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ट्वीटरमा लेखेको थियो– इतिहास बन्यो। साँच्चै नै मोरक्को पहिलो पटक विश्वकपको सेमीफाइनल पुग्ने अफ्रिकी देश भएर इतिहास रचेको थियो।

corrent noodles
Metro Mart

यसअघि क्यामरुन (१९९०), सेनेगल (२००२) र घाना (२०१०) ले क्वार्टरफाइनलसम्मको यात्रा मात्र तय गर्न सकेका थिए। अब विश्वकपमा अफ्रिका महादेशको नाम एक खुड्किलो अघि बढेको छ। उनीहरुले सानो काम कहाँ गरेका थिए र, सन् २०१६ को युरो विजेता र सन् २०१९ को नेसन्स लिग विजेता पोर्चुगललाई घर पठाउँदै दशककै उत्कृष्ट खेलाडी क्रिष्टियानो रोनाल्डोलाई विश्वकपको उपाधिवीहिन बनाएका छन्।

अब रोनाल्डोले विश्वकप खेल्नेछैनन्। उनको सपना थियो, विश्वकप जित्ने तर अन्तिम पटक मोरक्कोले उनको सपनामा पानी छ्यापिदिएको छ। ठूलो टिमलाई हराएर पाएको खुसी पनि सायद ठूलो हुँदो हो, जुन मोरक्कन, अरबी र अफ्रिकी फुटबल समर्थकको मुहारमा छल्किएको थियो।

‘यदि तपाईंले सोख पाल्नुभयो र अन्तरआत्माबाट विश्वास गर्नुभयो भने सफल हुन सक्नुहुने छ र मेरा खेलाडीले त्यो देखाएका छन,’ प्रशिक्षकले खेलपछि भनेका छन्, ‘यो कुनै जादू होइन। तर जो युरोपमा छ उसले त्यस्तो भन्न सक्ला तर हामीले पोर्चुगल मात्र होइन स्पेन, बेल्जियमलाई हराएका छौं र क्रोएसियासँग गोलरहित बराबरी गरेका छौं। त्यो क्लिन सिट हो।’ प्रशिक्षक रेग्रागुईले ती सबै सफलताका पछि अथक मेहनत रहेको पनि जनाएका छन्।

जितपछि प्रशिक्षकले मेहनतका यस्ता धेरै किस्सा सुनाएका छन्। अहिले अरब देशहरुले फुटबलमा धेरै लगानी गरेका छन्। उनीहरुले मेहनत गरिहेका छन् र घरेलु लिगलाई व्यवस्थित बनाउँदै लगेका छन्। प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडबाट बाहिरिएका रोनाल्डोलाई त अहिले साउदी अरेबियाको एक क्लबले वार्षिक २०० मिलियन डलर दिनेगरी सम्झौता गर्न चाहेको छ।

यसरी युरोपमा चलेका स्टार खेलाडी घरेलु लिगमा भित्र्याउने सन्दर्भमा पनि अरबी देश अघि बढिरहेका छन्। ‘यो जितले अरब मूलका देशलाई पनि धेरै खुसी मिलेको छ र उनीहरु गर्व गर्न थालेका छन्। अहिले सारा महादेश नै गौरवान्वित भएको छ। जब तपाईं रकी बालबोआ हेर्नुहुन्छ उसलाई सपोर्ट गर्न चाहनुहुन्छ, हामी पनि यो विश्वकपको रकी बनेका छौं,’ रेग्रागुईले भनेका छन्।

जब खेल सकियो, खेलका मास्टरमाइन्ड रेग्रागुईलाई खेलाडीले उचालेर मोरक्कोको ध्वनी गुञ्जिरहेको हावामा फालेका थिए। ‘रंगशालामा गुञ्जायमन भएको ध्वनी बयान गर्न नसकिने थियो। जब धेरैले विश्वास गरेको कुरा नभएर नयाँ केहि हुन्छ त्यसको साक्षी थियो त्या ध्वनि,’ बिबिसीसँग स्कटल्यान्डका पूर्व खेलाडी पेट नेविनले भनेका थिए।

मोरक्को अफ्रिकन टिम मात्र नभएर विश्वकै प्रतिष्ठित प्रतियोगिताको सेमीफाइनल पुग्ने मुस्लिम बाहुल्यता रहेको पहिलो देश बन्यो। टिमले जितपछि स्लामिक विश्वास झल्किने भाव प्रस्तुत गरे। उनीहरुले कुरान पढे।  अघिल्लो चरणमा स्पेनलाई घर पठाउने क्रममा पनि त्यो झल्किएकै हो। त्यो बेला पनि उनीहरु समर्थकमाझ निहुरिएका थिए।

यता, आर्चफ डारीले प्यालेस्टाइनको झण्डासँगै खुसी मनाएका छन्। पिएसजीका आर्चिफ हाकीमीले आमासँगै मैदानमा नाच्दै खुसी साटेका थिए। रेग्रागुई टिमको अन्तिममा रहेर प्लेयर बक्सभित्र जाँदै गर्दा समर्थक प्यारापिटमा खुसी मनाइरहेका थिए। उनीहरुले खुसी मनाइरहँदा तीन वटा शब्द तिखो गरी सुनिएका थिए– ‘गर्व’, ‘विश्वास’ र ‘आत्मविश्वास।’

‘खेल सकिएपछि रोएको यो पहिलो पटक हो। मलाई धेरैको उदाहरण बन्नु छ र मानसिक रुपमा बलियो छु भनेर देखाउनु छ,’ खेलपछिको पत्रकार सम्मेलनमा गोलकिपर यासिन बोनोले भनेका छन्, ‘विश्वकपको सेमीफाइनलमा पुगेको खुसी आँखाबाट छल्किएको मात्र हो।’ बोनो खेलमा प्लेयर अफ दि म्याच बनेका थिए।

उनले विश्वकपमा आफ्नो देशको उपस्थिति सिमान्तकृतले हेर्ने दृष्टिकोण परिवर्तनका लागि भएको पनि बताएका छन्। ‘मोरक्को विश्वमा जुनसुकै टिमसँग पनि सामना गर्न सक्ने भएको छ,’ उनले भनेका छन्। उनले आउने पुस्ताले मोरक्कोको यो साहस सम्झिने विश्वास गरेको बताएका छन्।

विश्वकपको अन्तिम १६ मा स्पेनलाई हराएर क्वार्टरफाइनलमा पुग्दा पनि यस्तै उत्सव समर्थकले मनाएका थिए। लन्डनमा भएका मोरक्कोका समर्थकले सहरको केन्द्रमा स्पेनलाई हराएपछि राति नै विजय जुलुस निकालेका थिए।

सामाजिक सञ्जालमा देखिएको भिडियो फुटेजअनुसार अक्सफोर्ड स्ट्रिट, पिकाडेली सर्कस र एड्जवेर रोडमा मानिसहरु मोरक्कोको जर्सी लगाएर नाचिरहेका देखिन्छन्। उनीहरुले मोरक्कोको झण्डा पनि बोकेका छन्। ‘मोरक्कोको मात्र होइन, सबैजसो अफ्रिकी देशको झण्डा लिएर समर्थक हिँडिरहेका छन्,’ २१ वर्षे विद्यार्थी झमेल असनले द गार्डियनसँग भनेका छन्।

को हुन् प्रशिक्षक रेग्रागुई? 

वालिद रेग्रागुईको खेलाडी जीवन खासै उत्साहपूर्ण छैन। उनी फ्रान्समा जन्मिए र त्यहीँको शीर्ष डिभिजनको फुटबल खेले। जीवनको अधिकांश समय व्यावसायिक फुटबलमा फ्रान्समै बिताए।

फ्रान्समै जन्मिए पनि उनले अन्तर्राष्ट्रिय खेल भने मोरक्कोको राष्ट्रिय टिमबाटै खेले। सन् २००१ देखि सन् २००९ सम्म अन्तर्राष्ट्रिय फुटबल खेलेका छन्।

सन् १९९८ बाट एक वर्ष रेसिङ पेरिसमा खेलेका उनी लिग वान (फ्रान्सको शीर्ष डिभिजन क्लब)मा १९९९ बाट दुई वर्ष टोलाउमा, सन् २००१ बाट तीन वर्ष आजाकोमा खेलेका थिए। उनले शीर्ष डिभिजनको खेल यति नै खेले।

सन् २००४ मा मोरक्कोलाई अफ्रिका कप अफ नेसन्सको उपविजेता बनाउन सहयोग गरेमा उनी प्रशिक्षकको रुपमा सन् २०१२ बाट उदाएका हुन्। सुरुमै मोरक्कोको सहायक प्रशिक्षक बने। तर सन् २०१२ को अक्टोबर १ तारिखमा मोरक्को फुटबल संघले मुख्य प्रशिक्षक रिकार्ड ताउसीलाई बर्खास्त गरेपछि उनको सम्झौताको टर्मिनेट भयो।

उनी यसै वर्षको अगस्टमा मात्र मोरक्कोको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन्। वाहिद हलिहाड्जिचलाई संघले हटाएर उनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो। त्यो जिम्मेवारीस्वरुप अहिले उनी मोरक्कोको टिमलाई टचलाइनबाट सहयोग गरिरहेका छन्। वादिलले बनाएको र ड्रेसिङ रुममा खेलाडीलाई सम्झाएको रणनीतिले नै मोरक्को इतिहासमै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ।

त्यो यात्राका हिरो र रणनीतिकार, हुन् प्रशिक्षक वालिद।

प्रकाशित: Dec 11, 2022| 14:54 आइतबार, मंसिर २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।