शुक्रबार, साउन १, २०८३

च्याम्पियन्स लिग : मेस्सीले ह्याट्रिकमा रोनाल्डोलाई उछिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बार्सिलोना-बार्सिलोनाका कप्तान लिओनेल मेसीले उत्कृष्ट ह्याट्रिक प्रहार गरेपछि च्याम्पियन्स लिगमा सर्वाधिक ह्याट्रिकर्ता बनेका छन् । च्याम्पियन्स लिगमा अन्तर्गत मंगलबार समूह चरणको पहिलो खेलमा पीएसभीलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दा मेस्सीले ह्याट्रिक प्रहार गरेका थिए ।

यससँगै बार्सिलोनाले च्याम्पियन्स लिगमा विजय सुरुवात गरेको छ । उनले ३१ औं मिनेट, ७७ औं मिनेट र ८९ औं मिनेट गरि आफ्नो ह्याट्रिक पुरा गरेका थिए । च्याम्पियन्स लिग इतिहासमा मेसीको यो आठौँ ह्याट्रिक पनि थियो । 

यस ह्याट्रिकसँगै मेसीले च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने सुचिमा रोनाल्डोलाई उछिनेका छन् । च्याम्पियन्स लिगमा पछिल्ला केहि सिजनयता पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको एकल दबदबा रहँदै आएको छ । 

उनले प्रतियोगिताको उपाधि जित्ने मात्र नभएर सर्वाधिक गोलकर्तामा पनि लगातार सफलता हात पारेका छन् । पोर्चुगिज स्टार रोनाल्डोले च्याम्पियन्स लिगमा ७ पटक ह्याट्रिक गरेका छन् ।

मेसी र रोनाल्डो यस खेलअघि बराबर रहेपनि मेसीले तेस्रो पटक समूह चरणको पहिलो खेलमा नै ह्याट्रिक गर्दै उक्त रेकर्डमा आफ्नो नाम कायम गरे । रोनाल्डो र मेसीपछि तीन खेलाडीले ३-३ पटक ह्याट्रिक प्रहार गरेको तथ्यांक छ ।

तीन ह्याट्रिक प्रहार गर्नेमा मारियो गोमेज, लुइज आद्रियानो  र फिलिप्पो इन्जाघी रहेका छन् ।

च्याम्पियन्स लिगमा रोनाल्डोले बुधबार नै युभेन्ट्सका लागि डेब्यु गर्दैछन् । रोनाल्डोले पछिल्लो सिजन च्याम्पियन्स लिगमा १५ गोल गर्दै रियल म्याड्रिडलाई उपाधि दिलाएका थिए । पछिल्लो ५ सिजनमध्ये रोनाल्डोले ४ पटक उपाधि नै जितेका छन् । 

यसपटक पनि उनी टोलीलाई उपाधि दिलाउँदै गोल्डेन बुट हात पार्ने सुरमा हुनेछन् । त्यसका लागि रोनाल्डोसामु  ह्याट्रिक प्रहार गर्दै मेस्सीसँग कीर्तिमान नै बराबरी गर्ने अवसर पनि छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।