शनिबार, चैत १४, २०८२

भारत एसिया कपको दोस्रो चरणमा प्रवेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं-युएईमा जारी एसिया कप क्रिकेट अन्तर्गत समूह ‘ए’ को खेलमा भारतले हङकङलाई पराजित गरेको छ । भारतले हङकङलाई २६ रनले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएको हो ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको भारतले हङकङलाई २ सय ८६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । हङकङका ओपनरद्वय निजाकत खान र कप्तान अन्शुमन रथबाट उत्कृष्ट सुरुआत पायो । 

३५ औं ओभरमा अन्शुमन आउट हुनुअघि प्रारम्भिक जोडीले १ सय ७४ रनको कीर्तिमानी साझेदारी गरे । अंशुमनले कुलदिप यादवको बलमा क्याचआउट हुनुअघि ९७ बलमा ४ चौका र १ छक्कासहित ७३ रन जोडे । 

अर्का ओपनर निजाकत लगत्तै ओभरमा आउट भएका थिए । उनले १ सय १५ बलको सामना गर्दै ९२ रन जोडे । निजाकतले १२ चौका र १ छक्का प्रहार गरेका थिए । राम्रो सुरुआत पाएपनि मध्यक्रममा आक्रामक ब्याटिङको खाँचो पार्दा हङकङ लक्ष्यभन्दा केहि टाढा रहयो । 

५० ओभरमा हङकङले ८ विकेटको क्षतिमा २ सय ५९ रनमात्र जोड्न सक्यो । बाबर हायात १८, किन्चित साह १७, एहसान खान २२ र तनवीर अफजलले १२ रनको योगदान दिए । भारतका लागि डेब्यु गरिरहेका खलिल अहमद र युज्भेन्द्र चहलले ३ विकेट तथा कुलदिप यादवले २ विकेट हात पारे ।

यसअधि भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८५ रन जोडेको थियो । भारतका लागि शिखर धवनले १ सय २७ तथा अम्बाती रायुडूले ६० रनको योगदान दिएका थिए । यी दुई ब्याट्सम्यान मिलेर दोस्रो विकेटका लागि १ सय १६ रनको साझेदारी गरे ।

धवनले १ सय २० बलको सामना गर्दै १५ चौका र २ छक्का प्राहर गर्दा रायुडूले ७० बलमा ३ चौका र २ छक्का नै हाने । भारतका लागि रोहित शर्माले २३, दिनेश कार्तिकले ३३ तथा केदार जाधवले अविजित २८ रनको योगदान दिए ।

हङकङका लागि किन्चित साहले ३ , एहसान खानले २ तथा एहसान नवाज र एजाज खानले १-१ विकेट हात पारे ।

यस समूहबाट भारत र पाकिस्तान अर्को चरणमा प्रवेश गरेका छन् । हङकङको यात्रा भने समूह चरणमा नै सिमित भएको छ । अब समूहको अन्तिम खेलमा भारत र पाकिस्तान खेल्नेछन् । अर्को समूहबाट बंगलादेश र अफगानिस्तान दोस्रो चरण प्रवेश गरेका छन् । दुवै खेल हारेको श्रीलंका बाहिरिसकेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।