शनिबार, चैत १४, २०८२

च्याम्पियन्स लिगमा : लिभरपुलद्धारा पिएसजी पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
लिभरपुल-च्याम्पियन्स लिगमा लिभरपुलले विजय सुरुवात गरेको छ । समूह ‘सी’ मा रहेको लिभरपुलले आफ्नोे पहिलो खेलमा पेरिस सेन्स जर्मेन (पिएसजी) लाई पराजित गर्दै विजय सुरुवात गरेको हो । 

लिभरपुलको घरेलु मैदानमा भएको खेलमा फ्रेन्च लिग विजेता पिएसजीलाई ३-२ ले पराजित गर्यो । विजय टोली लिभरपुलका लागि ड्यानिएल स्टरेजल, जेम्स मिल्नर र रोबर्टो फर्मिनो गोल गरे । त्यस्तै यता पिएसजीका लागि केलियन एम्बाप्पेल र थोमस म्युनरर सान्तोना गोल गरेका थिए ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुलले सुरुआती दुई गोल गर्यो । खेलको ३० औं मिनेटमा लिभरपुलका फरवार्ड ड्यानिएल स्टरेजले हेड मार्फत गोलगर्दै घरेलु टोलीलाई अग्रता दिलाए । उनले फुल ब्याक एन्ड्रु रोबर्ट्सनको क्रसलाई गोलमा परिणत गरेका थिए ।

खेलको ३६ औं मिनेटमा पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै जेम्स मिल्नरले लिभरपुलको अग्रता दोब्बर पारे । खेलको ४० औं मिनेटमा उत्कृष्ट गोल गर्दै थोमस म्युनररले पिएसजीलाई पहिलो हाफमै खेलमा फर्काए । 

दोस्रो हाफमा लिभरपुलका लागि मोहम्मद सलाहले गोल गरेपनि उनको गोललाई रेफ्रीले अस्विकार गरे। पिएसजीको बक्समा बल जित्ने क्रममा स्टुरेजले गोलकिपर अल्फोन्से अरिओलालाई फौल गरेकाले उक्त गोललाई मान्यता दिईएन । 

दोस्रो हाफमा फितलो प्रदर्शन गरेपनि पिएसजीलाई एम्बाप्पेले ८३ औं मिनेटमा बराबरी दिलाए । तर, ब्राजिलियन फरवार्ड रोबर्टो फर्मिनोले इन्जुरी समयमा उत्कृष्ट गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे । यस जितसँगै लिभरपुलले च्याम्पियन्स लिगमा सुखद सुरुवात गरेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।