शुक्रबार, साउन २, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सोचेजस्तो परिणाम प्राप्त नहुनुको कारण खोजी गरिन्छ : अध्यक्ष प्रचण्ड

सोचेजस्तो परिणाम प्राप्त नहुनुको कारण खोजी गरिन्छ : अध्यक्ष प्रचण्ड

नतिजा प्राप्त भएको भए पनि प्रतिनिधि सभामा अपेक्षित नतिजा हासिल हुन नसक्नुका पछाडिका कारण खोजी गरी पार्टीले त्यसको उचित समाधान गर्ने उनको भनाइ छ।
 |  शनिबार, मंसिर २४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९

vianetvianet

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा अपेक्षित परिणाम प्राप्त नहुनुको कारण खोजी गरिने बताएका छन्। प्रदेश सभातर्फ विसं २०७४ को जस्तै नतिजा प्राप्त भएको भए पनि प्रतिनिधि सभामा अपेक्षित नतिजा हासिल हुन नसक्नुका पछाडिका कारण खोजी गरी पार्टीले त्यसको उचित समाधान गर्ने उनको भनाइ छ।

पार्टी सम्बद्ध नेपाल राष्ट्रिय कर्मचारी महासंघको १५औँ स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीले निर्वाचनमा अपेक्षित नतिजा हासिल गर्नुको अर्थ राष्ट्रिय राजनीतिमा कमजोर नभएको बताए। मुलुकको राजनीतिमा आफ्नो पार्टीको भूमिका अहिले पनि केन्द्रीय नै रहेको र त्यसलाई कसैले खोस्ने स्थिति नभएको प्रचण्डको भनाइ छ। राष्ट्रिय राजनीतिमा एजेण्डाका हिसाबले माओवादीकै एजेण्डा केन्द्रमा रहेको उनको भनाइ छ।

इमान्दारिताका साथ आत्मसमीक्षा गरेर अगाडि बढेको खण्डमा माओवादी पुनः विस्तारित हुने उनले विश्वास व्यक्त गरे। प्रचण्डले निराश वा चिन्तित भएर नभई आफूहरू प्रतिबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए। आगामी दिनमा आफूलाई रुपान्तरित गरेर अगाडि बढ्नुपर्ने प्रतिबद्धता सबैले गर्न सकेको खण्डमा पुनः विजयी हुने विश्वास व्यक्त गर्दै उनले गम्भीर आत्मसमीक्षाको जरुरी रहेको बताए। 

‘जितपछि हार, हारपछि जित यो स्वभाविक प्रक्रिया हो। हारेपछि फेरि यो के भयो भनेर गम्भीररूपमा छातीमा हात राखेका समीक्षा गर्नुपर्छ’, उनले भने। प्रचण्डले सूचना प्रविधिको उचित प्रयोग गर्नुपर्नेमा समेत जोड दिए। उनले आगामी दिनमा विचार र दृष्टिकोणसहित सूचना र प्रविधिको समुचित प्रयोग गर्ने बताए।

 

प्रकाशित: Dec 10, 2022| 21:06 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...