शुक्रबार, साउन २, २०८२

एकीकृत समाजवादीबाट प्रदेश समानुपातिक सांसदमा नौ जना सिफारिस

जसअनुसार प्रदेश १ मा विद्या चाम्लिङ राई, मधेश प्रदेशमा रत्नेश्वर गोइत यादव, किशोरी देवी र लक्ष्मी देवीको नाम सिफारिस भएको छ।
 |  शनिबार, मंसिर २४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९

vianetvianet

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेससभाका लागि समानुपातिकतर्फ निर्वाचित सांसदको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ।

जसअनुसार प्रदेश १ मा विद्या चाम्लिङ राई, मधेश प्रदेशमा रत्नेश्वर गोइत यादव, किशोरी देवी र लक्ष्मी देवीको नाम सिफारिस भएको छ।

यस्तै, बागमती प्रदेशमा मायादेवी शर्मा र ओमकुमार श्रेष्ठ छनोट भएका छन्। लुम्बिनी प्रदेशमा भगवती अधिकारी, कर्णाली प्रदेशमा कल्याणी खड्का र सुदूरपश्चिममा माया पन्तको नाम सिफारिस भएको छ।

मंसिर ४ गतेको निर्वाचनमा समानुपातिकतर्फ प्राप्त गरेको मत अनुसार एकीकृत समाजवादी पार्टीले प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा प्रदेशमा १-१ जना, मधेश प्रदेशमा ३ र वाग्मतीमा २ सिट जितेको थियो।

प्रकाशित: Dec 10, 2022| 18:03 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...