बिहीबार, जेठ २८, २०८३

राष्ट्रिय राजनीतिमा माओवादीको भूमिका निर्णायक : प्रचण्ड

संघमा सोचेजस्तो परिणाम नआएकाले माओवादी खुम्चियो भनेर राष्ट्रिय राजनीतिमा आफूहरूको भूमिका कसैले खोस्न नसक्ने प्रचण्डको दाबी।
 |  शनिबार, मंसिर २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९
National life
Shivam cement

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा  चाहेजस्तो सिट नआए पनि राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका अहिले पनि निर्णायक रहेको दाबी गरेका छन्। शनिबार माओवादी निकट निजामती कर्मचारीको कार्यक्रममा अध्यक्ष प्रचण्डले राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई कसैले अवमूल्यन गर्नै नसक्ने दाबी गरेका हुन्।

‘१२२ पालिका माओवादीको कब्जामा हुनु भनेको सानो कुरा होइन। प्रदेशमा हामी २०७४ हाराहारीमै छौं। तर संघमा सोचेजस्तो, अपेक्षा गरेजस्तो भएन। हाम्रो भूमिका खुम्चियो भन्ने होइन। राष्ट्रिय राजनीतिमा हाम्रो भूमिका केन्द्रमै छ। त्यसलाई कसैले खोस्न सक्दैन,’ उनले भने।

चुनावी परिणामबाट निराश हुनु नपर्ने उनले बताए। २०६४ को निर्वाचनमा माओवादीले धेरै सिट जित्दा अरु पार्टी निकै सानो आकारमा पुगेको दृष्टान्त पेस गर्दै उनले आत्मसमीक्षा गरेर थप प्रयास गरिए पुन संगठित हुन सकिने दाबी गरे।

प्रकाशित: Dec 10, 2022| 16:02 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...