बिहीबार, जेठ २८, २०८३

नागरिक उन्मुक्ति पार्टीले टुंग्यायो प्रदेशसभा समानुपातिक सांसद

प्रदेशसभामा प्रत्यक्षतर्फ नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेशमा दुई सिट र सुदूरपश्चिम प्रदेशमा ५ सिटमा जित हासिल गरेको छ।
 |  शनिबार, मंसिर २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९
National life
Shivam cement

काठमाडौं– रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभाका लागि समानुपातिक सासंदको नाम टुंगो लगाएको छ। शनिबार पवभिन्न प्रदेशका सांसद टुंगो लगाएको केन्द्रीय सदस्य तथा सुदूरपश्चिमबाट निर्वाचित प्रदेशसभा सासंद लक्ष्मणकिशोर थारुले बताए। 

नागरिक उन्मुक्तिले सुदूरपश्चिम प्रदेशका लागि कैलालीबाट दामोदर पण्डित र सुनिता चौधरीलाई सांसद बनाउने निर्णय गरेको छ। मधेस प्रदेशको बाराबाट रामचन्द्र चौधरी, लुम्बिनी प्रदेशमा बाँकेकी नोरीकुमारी चौधरी र निर्मला चौधरी एवं रुपन्देहीबाट कुमारी चौधरीको नाम टुंगो लागेको हो। 

प्रदेशसभामा प्रत्यक्षतर्फ नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेशमा दुई सिट र सुदूरपश्चिम प्रदेशमा ५ सिटमा जित हासिल गरेको छ। एक वर्षअघि चौधरीले खोलेको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभातर्फ तीन र एक सिट स्वतन्त्र गरी चार सिट जितेको छ।

प्रकाशित: Dec 10, 2022| 14:48 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...