सोमबार, मंसिर १, २०८२

मस्ट अवेटेड 'म्यागनम ओपस २.०'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- तामिल मेगा स्टार रजनी कान्त र बलिउड सुपरस्टार अक्षय कुमार अभिनित म्यागनम ओपस २.० अहिलेको  मस्ट अवेटेड चलचित्र बनेको छ। यो अहिलेसम्म कै महंगो हो। यो भन्दा अघि बाहुवली सबैभन्दा महंगो फिल्म रहेको छ। शंकरले निर्देशन गरेका हुन्।
 
 अत्याधुनिक भीएफ एक्सको  प्रयोग भएको यस फिल्मको लागि ७५ मिलियन डलर लागेको छ, जुन ५ सय ४४ करोड हुन आउँछ। यस फिल्मको सुटिङ पनि थ्री डि मै भएको हो । निकै अपेक्षित यो फिल्मको १४ विभिन्न भाषामा रिलिज हुने भएको छ। 

गणेश चतुर्थीको पावन अवसरमा गत सेप्टेम्बर १३ मा  फिल्मको टिजर सार्वजनिक गरिएको थियो। त्यस्तै, फिलमको रिलिज भने नोभेम्बर २९ मा हुने तय भएको छ।  
यस्तै,  म्यागनम ओपस २.० का निर्माताले मार्केटिङ अवधारणा पनि निकै विस्तृत र विलासिता पूर्ण छ। 

विश्वभर दर्शकको ध्यानाकृष्टको लागि उनीहरूले पोस्टर पनि  हट एयर वेलुन मार्फत नै सार्वजनिक गरेको थिए।  भने अडियो लन्च पनि दुबाईमा गरेको थिए। यसरी, म्यागनम ओपस २.०ले विश्वभरको ध्यानाकृष्ट गर्न खोजको छ। 

यस फिल्मलाई रोर्बाट फिल्मको सिक्वेल पनि मानिएको छ। भिलेनका रूपमा अभिनय गरेको अक्षय कुमारको लागि पनि यो अपेक्षाकृत फिल्म रहेको छ। साइन्स फिक्सन विधाको यस फिल्म गत वर्षको दिपावली मै रिलिज हुने लक्ष्य राखिएको भए पनि विभिन्न भीएफएक्सका कारण एक वर्ष रोकिएको थियो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्