शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पार्टी प्रणाली र विधिबाट दायाँबायाँ नहुने लामिछानेको प्रतिबद्धता

पार्टी प्रणाली र विधिबाट दायाँबायाँ नहुने लामिछानेको प्रतिबद्धता

कम मत आएकालाई समानुपातिक सांसदमा बनाउन लागेको सुइँको पाएपछि बन्दसूचीमा रहेकाले रास्वपा कार्यालय घेराउ
 |  बिहीबार, मंसिर २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९
National life
Shivam cement

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक सांसद छनोटलाई लिएर पार्टीमा भएको विवाद गज्जब भएको बताएका छन्। बिहीबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले पार्टी प्रणाली र विधिबाट दायाँबायाँ नहुने दाबी गरे।

पार्टीले गरेको प्राइमरीमा बढी मत आएकालाई छाडेर कम मत आएकालाई समानुपातिक सांसदमा बनाउन लागेको सुइँको पाएपछि बन्दसूचीमा रहेकाले रास्वपा कार्यालय घेराउ गरेका छन्। लामिछानेले पार्टीभित्र कोही पनि तलमाथि नभएको सुनाए। 

उनले भने, ‘मैले नै खबरदारी गर्नुहोला भनेको छु। जे भन्छन् त्यो मान्नुपर्छ भन्ने छैन, कोही आत्तिनुपर्दैन।’ सरकारमा जाने विषयमा पार्टीले परिस्थितिको आकलन गरिरहेको लामिछानेको भनाइ छ।

प्रकाशित: Dec 08, 2022| 16:53 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...