शनिबार, जेठ ३०, २०८३

सीके राउतले भेटे उपेन्द्र, मधेसका मुद्दामा मिलेर जान सुझाव

मधेसीलगायत उत्पीडनमा परेका समुदायको हकहितका लागि मिलेर अगाडि बढ्न सहमत भए राउत, यादव।
 |  बिहीबार, मंसिर २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

काठमाडौं– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरलाई भेटेर मधेस मुद्दामा मिलेर अगाडि बढ्न आग्रह गरेका छन्। 

National life

राउतले ४ मंसिरको निर्वाचनमा सप्तरी २ बाट आफैंले पराजित गरेका जसपा अध्यक्ष यादवलाई उनकै निवास पुगेर भेटेका थिए। भेटमा अध्यक्ष यादवले राउतलाई जितको बधाइ दिँदै मधेसका मुद्दामा प्रतिबद्ध भएर काम गर्न सुझाएका थिए। 

अध्यक्ष राउतले मिलेर मधेशको हितमा काम गर्न अध्यक्ष यादवसँग प्रस्ताव गरेको पार्टीका महासचिव चन्दन सिंहले बताए। अध्यक्ष यादवले पनि मधेसीलगायत उत्पीडनमा परेका समुदायका लागि मिलेर काम गर्ने प्रतिबद्धता जनाएका थिए।

राउतले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग पनि भेट गरेका छन्। राउतले महोत्तरी ३ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका ठाकुरलाई बधाइ दिए भने ठाकुरले पनि बधाइ दिए। 

अध्यक्ष ठाकुरले मधेसका लागि थुप्रै काम गर्न बाँकी रहेकाले   मिलेर काम गर्नुपर्ने बताए। अध्यक्ष राउतले मधेसको मुद्दामा सबै दलसँग मिलेर काम गर्न तयार रहेको प्रतिबद्धता जनाए। बुधबार नै राउतले एमाले अध्यक्ष केपी ओलीलाई पनि भेटेका थिए।

Shivam cement

प्रकाशित: Dec 08, 2022| 14:56 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...