मंगलबार, साउन ६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक सूची विवाद, कार्यकर्ताको घेराउमा पार्टी कार्यालय

राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक सूची विवाद, कार्यकर्ताको घेराउमा पार्टी कार्यालय

४ मंसिरको चुनावमा समानुपतिकतर्फ १३ सिट जितेको रास्वपाले समानुपातिकका केही नाम तलमाथि गर्न खोज्दा विवाद सतहमा आएको हो।
 |  बिहीबार, मंसिर २२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

vianetvianet

काठमाडौं– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिकतर्फका उम्मेदवार छनोटलाई लिएर विवाद भएको छ। पार्टीभित्र भएको प्राइमरी इलेक्सनमा कम मत पाएकालाई पनि समानुपातिक सांसदका रूपमा सिफारिस गर्ने तयारी भएपछि कार्यकर्ताले पार्टी मुख्यालय घेराउ गरेका हुन्।

बुधबार नै टुंगो लगाउने भनिएको बन्दसूचीको विषयलाई लिएर अहिले पार्टी केन्द्रीय कार्यालयमा ठूलो संख्यामा नेता, कार्यकर्ता भेला भएका छन्। उक्त पार्टीका एक नेताले भने, ‘निर्वाचन आयोगले मागेको बन्दसूचीको विवरण आजै अन्तिम रुप दिने तयारी छ। तर केही नामका विषयमा असन्तुष्टि बढेपछि नेता, कार्यकता पार्टी कार्यालयमा भेला भएर विरोध गरिरहेका छन्।’ 

रास्वपाले प्राइमरी इलेक्सन गरेर सबैभन्दा बढी मत ल्याएकालाई समानुपातिक सूचीको पहिलो नम्बरमा राखेको थियो। रास्वपाले ४ मंसिरको चुनावमा समानुपतिकतर्फ १३ सिट जितेको छ। समानुपातिकका केही नाम रास्वपाले तलमाथि गर्न खोज्दा विवाद सतहमा आएको हो। 

सुनसरी २ बाट उम्मेदवारी दिएर पराजित भएका रास्वपा नेता लालविक्रम थापाले पार्टीलाई सही बाटोमा हिँडाउन रास्वपा केन्द्रीय कार्यालय घन्टीघरमा खबरदारी कार्यक्रममा सहभागी हुन नेता, कार्यकर्तालाई आग्रह गरेका थिए।

प्रकाशित: Dec 08, 2022| 13:19 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...