बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • देउवाको पक्षमा माहोल बनाउँदै एनपी साउद, नेताहरु सँगको भेटवार्ता तीव्र

देउवाको पक्षमा माहोल बनाउँदै एनपी साउद, नेताहरु सँगको भेटवार्ता तीव्र

संसदीय दलको नेताका लागि रस्साकस्सी चलिरहेका बेला सभापति शेरबहादुर देउवाको पक्षमा माहोल सिर्जना गर्न उनका विश्वास पात्रमध्ये एक नेता एनपी साउदले पनि भेटवार्तालाई तीव्रता दिएका छन्।
 |  बिहीबार, मंसिर २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

काठमाडौं- मंसिर ४ गते सम्पन्‍न आम निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै दल तथा नेताहरु सरकार गठनका लागि कसरमा छन्। नेपाली कांग्रेस नेतृत्वको सरकार गठन हुने देखिएपछि कांग्रेसमा संसदीय दलको नेता चयनका लागि आन्तरिक गृहकार्य सुरु भएको छ। 

National life

कांग्रेसभित्र संसदीय दलको नेताका लागि रस्साकस्सी चलिरहेका बेला सभापति शेरबहादुर देउवाको पक्षमा माहोल सिर्जना गर्न उनका विश्वास पात्रमध्ये एक नेता एनपी साउदले पनि भेटवार्तालाई तीव्रता दिएका छन्। 

कञ्चनपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित साउदले पछिल्लोपटक  काठमाडौं–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहसँग भेटवार्ता गरेका छन्।  

उनी कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री गोविन्दबहादुर शाहका साथ नेता सिंह भेट्न चाक्सीबारी पुगेका थिए। भेटवार्ता बुधबार भए पनि कांग्रेस नेतृ सिर्जना सिंहले बिहीबार मात्र तस्बिर सार्वजनिक गरेकी छन्। उनले ट्विटरमा तस्बिर साझा गर्दै लेखेकी छन्, ‘बधाई तथा शुभकामना आदानप्रदान,’ नेतृ सिंहले लेखेकी छन्। 

नेता साउदले बुधबार नै मोरङ–६ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालासँग पनि भेट गरेको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार उनले केही दिनअघि नागरिक उनमुक्ति पार्टीका संरक्षक रेशम चौधरीसँग पनि भेट गरेका थिए। 

Shivam cement

तर, उनको सचिवालयले भेटघाटका क्रममा भएका कुराकानीबारे भने खुलाएको छैन। नेता साउदले शीर्ष तहका नेताहरूसँगको भेटवार्ताअघि नवनिर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीसँग पनि छलफल गरेको भण्डारीनिकट स्रोतले जनाएको छ।

प्रकाशित: Dec 08, 2022| 13:04 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...