बुधबार, साउन ७, २०८२

समानुपातिक सांसदको टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक

निर्वाचन आयोगले समानुपातिक सांसदका लागि राजनीतिक दललाई पत्र पठाएपछि एमालेले सचिवालय बैठक बोलाएको हो।
 |  बिहीबार, मंसिर २२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

vianetvianet

काठमाडौं– नेकपा एमालेले समानुपातिकतर्फ बन्दसूचीमा रहेका सांसदको नाम टुंगो लगाउन सचिवालय बैठक बोलाएको छ। बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताएका हुन्।

निर्वाचन आयोगले समानुपातिक सांसदका लागि राजनीतिक दललाई पत्र पठाएपछि एमालेले सचिवालय बैठक बोलाएको हो। एमालेले समानुपातिकतर्फ पाएको मतका आधारमा ३४ सांसद निर्वाचित हुनेछन् । 

आयोगले तीनदिने समय दिएर बन्दसूचीमा रहेका नाममध्येबाट क्लस्टर मिलाएर पार्टीले प्राप्त गरेको सिटमा नाम पठाउन बुधबार बेलुका पत्र पठाएको हो।

आयोगको पत्रअनुसार समानुपातिक सूचीमा राखेका ११० मध्येबाट ५ क्लस्टरमा नाम छुट्याएर पार्टीको निर्णयसहित आयोगलाई पठाउनुपर्नेछ। सोही आधारमा आयोगले समानुपातिक सांसद निर्वाचित भएको घोषणा गर्नेछ। समानुपातिकमा छानिने ३४ जनामध्ये एमालेले बन्दसूचीमा रहेकाबाट १९ जना महिला पठाउनुपर्नेछ।

प्रकाशित: Dec 08, 2022| 11:23 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...