बुधबार, साउन ७, २०८२

नेपाली आकाश हवाई उडानका लागि सुरक्षित छ : मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली आकाश हवाई उडानका लागि सुरक्षित रहेको बताए।
 |  बिहीबार, मंसिर २२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

vianetvianet

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली आकाश हवाई उडानका लागि सुरक्षित रहेको बताए। 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा बुधबार यहाँ आयोजित एक कार्यक्रममा उनले अन्तर्राष्ट्रिय निकायले हवाई सुरक्षाका विषयमा प्रश्न उठाउनुपर्ने अवस्था नरहेको बताए। 'प्राधिकरणले अझ सुरक्षालाई व्यवस्थित बनाउने काम गरिरहेको छ', उनले भने।

नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षाका विषयमा जिम्मेवारीपूर्वक काम गरिरहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले नेपालको हवाई उडान ‘आइकाओ’को कालोसूचीबाट हट्ने अवस्थामा पुगेको बताए।

हवाई सुरक्षा नीतिका विषयमा सरकारले आफ्नो नीति स्पष्ट बनाएको बताउँदै उनले आइकाओले नेपालको नीति, प्राधिकरणले हवाई सुरक्षामा गरेका कामका आधारमा चाँडै कालोसूचीबाट हट्ने विश्वास व्यक्त गरे।

उनले नेपाल वायुसेवा निगमको नेतृत्वले क्षमता विकास गर्न नसकेको बताए। सरकारले ठूलो लगानी गरेको वायुसेवा निगममा अयोग्य नेतृत्वका कारण जनताले सेवा लिनबाट वञ्चित हुने तथा विभिन्न दुःख पाउने गरेको टिप्पणी गरे।

प्रकाशित: Dec 08, 2022| 08:40 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...