आइतबार, वैशाख १६, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • उनी हुन् मोरक्कोलाई विश्वकपको क्वार्टरफाइनलमा पुर्‍याउने पहिलो प्रशिक्षक

उनी हुन् मोरक्कोलाई विश्वकपको क्वार्टरफाइनलमा पुर्‍याउने पहिलो प्रशिक्षक

त्यो यात्राका हिरो र रणनीतिकार, हुन् प्रशिक्षक वालिद। ‘हामी सहमत छौं कि बल पोसेसन राख्न सकेनौं। स्पेनविरुद्ध यो डराउने कुरा पनि होइन,’ खेलपछि प्रशिक्षक रेग्रागुईले भनेका छन्।
 |  बिहीबार, मंसिर २२, २०७९

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, मंसिर २२, २०७९

काठमाडौं– सन् २०१० को विश्व विजेतालाई अन्तिम १६ बाटै घर पठाउँदै अफ्रिकी देश मोरक्कोले मंगलबार राति इतिहास रच्दा टचलाइनमा खेलाडीलाई आदेश दिइरहेका थिए, प्रशिक्षक वालिद रेग्रागुईले। वादिलले बनाएको र ड्रेसिङ रुममा खेलाडीलाई सम्झाएको रणनीतिले नै मोरक्को इतिहासमै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ।

triton college

त्यो यात्राका हिरो र रणनीतिकार, हुन् प्रशिक्षक वालिद। ‘हामी सहमत छौं कि बल पोसेसन राख्न सकेनौं। स्पेनविरुद्ध यो डराउने कुरा पनि होइन,’ खेलपछि प्रशिक्षक रेग्रागुईले भनेका छन्। 

पेनाल्टीमा स्पेनलाई ३–० ले हराएपछि प्लेयर बक्समा बसिरहेका खेलाडी हाकिमी जियाचर्ला अंकमाल गर्नका लागि मैदानको एक छेउमा पुगिसकेका थिए। जियाच तिनै खेलाडी हुन् जसले मोरक्कोका लागि विजयी पेनाल्टी सुट प्रहार गरे। उनको सुट गोलकिपरलाई बायाँ छोड्दै जालीको सम्पर्कमा पुगेको थियो। त्यसलाई टेक्निकल एरियाबाट हेरिरहेका वालिदले त्यही क्षण हावामा मुक्का बजारे। फुटबलमा प्रशिक्षकले खुसी अभिव्यक्त गर्ने सर्वप्रियम माध्यम यही हो।

हाकिमी जियाचलाई अंकमाल गरिसकेपछि मोरक्कोका सबै खेलाडी गोलकिपर यासिन बोनाउतर्फ फर्किए। उनलाई उचालेर खुसी मनाएको फोटो र भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। भाइरल नबनोस् पनि कसरी? त्यहाँ विश्व फुटबलको एउटा शक्ति राष्ट्र हारेको थियो। अनि फुटबलको ठूलो देशका रुपमा परिभाषित नगरिएको मोरक्कोले जित निकालेको थियो।

विश्वकै सबैभन्दा लोकप्रिय प्रतियोगितामा यो जित निकै सानदार हुन्छ। त्यसलाई मोरक्कोका खेलाडीले झण्डा ओढेर र नाचेर उत्सवका रुपमा मनाए। त्यसका नायक थिए, प्रशिक्षक रेग्रागुई। उनी यो सबै खुसी हेरिरहेका थिए। अनि आफू पनि उत्साहि भइरहेका थिए।

corrent noodles
Metro Mart

फुटबलको कुरा गर्दा उनको खेलाडी जीवन खासै उत्साहपूर्ण भने छैन। उनी फ्रान्समा जन्मिए र त्यहाँको शीर्ष डिभिजनको फुटबल खेले। जीवनको अधिकांश समय व्यावसायिक फुटबल उनले फ्रान्समा नै खेलेका छन्।

फ्रान्समै जन्मिए पनि उनले अन्तर्राष्ट्रिय खेल भने मोरक्कोको राष्ट्रिय टिमबाट नै खेले। त्यहाँबाट उनले सन् २००१ देखि सन् २००९ सम्म अन्तर्राष्ट्रिय फुटबल खेलेका थिए। तर जब क्लबको कुरा आउँछ, उनी फ्रान्समै रमाए। 


सन् १९९८ बाट एक वर्ष रेसिङ पेरिसमा खेले। त्यसपछि उनी लिग वान (फ्रान्सको शीर्ष डिभिजन क्लब) १९९९ बाट दुई वर्ष टोलाउमा, सन् २००१ बाट तीन वर्ष आजाकोमा खेलेका थिए। उनले शीर्ष डिभिजनको खेल यति नै खेले।

त्यसपछि उनी रेसिङ स्ट्यान्डर्डमा अनुबन्ध भए। दुई सिजन उनले बिताएको त्यो क्लब भने स्पेनको दोस्रो डिभिजन सेगुन्डा खेल्ने क्लब हो। त्यसपछि लिग २ का डिजोन र ग्रेनोबलमा एक–एक वर्ष व्यावसायिक फुटबल खेले।

उनले सन् २०११ मा व्यावसायिक फुटबलबाट संन्यास भने फ्रान्सको एक स्थानीय क्लब फ्लुरी मेरोगिसबाट लिएका थिए। उनको खेल करिअर यतिमै सकियो। खेल जीवनमा उनले ठूलो उपलब्धि कहिल्यै हात पार्न सकेनन्। तर उपाधि नै नजितेको भने होइन। उनले सन् २००२ मा आजाकोलाई लिग २ बा लिग १ मा पुर्याएका थिए। त्यो पनि लिग विजेता बनाएर। त्यस्तै, सन् २००४ मा मोरक्कोलाई अफ्रिका कप अफ नेसन्सको उपविजेता बनाउन सहयोग गरे।

अनि प्रशिक्षकको रुपमा उनी सन् २०१२ बाट उदाएका हुन्। उनी सुरुमै मोरक्कोको सहायक प्रशिक्षक बने। तर सन् २०१२ को अक्टोबर १ तारिखमा मोरक्को फुटबल संघले मुख्य प्रशिक्षक रिकार्ड ताउसीलाई बर्खास्त गरेपछि उनको सम्झौताको पनि अन्त्य भयो।

त्यसपछि उनी २०१४ मा फाथ युनियन स्पोर्टसको मुख्य प्रशिक्षक भएर दुई सिजन प्रशिक्षण गरे। त्यसपछि उनले सम्झौता नवीकरण गरेर सन् २०२० सम्म त्यही क्लबमा प्रशिक्षण गरे। त्यो मोरक्कोको व्यावसायिक फुटबल क्लब हो। दुई वर्षअघि भने उनले दुईपक्षीय सम्झौता गरेर क्लब छोडे।

अर्को वर्ष मोरक्कोकै शीर्ष डिभिजन बोयोताको उदाद क्लबमा प्रशिक्षण गराउन थाले। त्यो क्लबले तेस्रो पटक काफ च्याम्पियन्स लिग जितेको थियो। अफ्रिकन क्लब फुटबलमा यो सबैभन्दा ठूलो उपाधिसमेत हो। फाइनलमा उनको टिमले अल अहिललाई हराएर उपाधि जितेको थियो।

यससँगै उनी अफ्रिकी च्याम्पियन्स लिग जित्ने दोस्रो मोरक्कन प्रशिक्षक बने। यसअघि यो उपाधि हुसैन अम्मोउताले जितेका थिए। त्यसपछि त उनलाई मोरक्कोको फुटबल संघले बोलाएको थियो।

उनी यसै वर्षको अगस्टमा मात्र मोरक्कोको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन्। वाहिद हलिहाड्जिचलाई संघले हटाएर उनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो। त्यो जिम्मेवारीस्वरुप अहिले उनी मोरक्कोको टिमलाई विश्वकपमा पथप्रदर्शन गरिरहेका छन्।

अहिले मोरक्को विश्वकपको क्वार्टरफाइनलमा पुग्ने पहिलो अरबी देश बनेको छ। यसको श्रेय रेग्रागुईलाई नै जान्छ।


स्पेनमै जन्मिए, स्पेनलाई नै हराए

प्रशिक्षक मात्र होइन, स्पेनलाई हराउनका लागि मोरक्कोसँग क्षमतावान खेलाडी थिए। त्यस्तैमा एक हुन् आर्चिफ हाकिमी। उनले अन्तिम पेनाल्टी प्रहार गरेका थिए। स्पेनको राजधानी मड्रिडमा जन्मिएका र हुर्किएका हाकिमीका अभिभावक मोरक्कन हुन्। त्यसैले उनले मोरक्कोबाट नै खेले।

उनले जीवनको सुरुआति वर्ष स्पेनमा बिताए। पछि स्पेनबाट खेल्ने प्रस्ताव अस्वीकार गरेर उनले मोरक्को नै रोजेका थिए। मंगलबार राति उनले स्पेनलाई नै हराए विश्वकपमा।

क्यानाडाको मोन्टेरनमा जन्मिएका गोलकिपर बोनोउले पनि आफ्नो जीवनको महत्वपूर्ण र धेरै समय स्पेनमै किताएका छन्। उनी अहिले पनि स्पेनिस शीर्ष डिभिजन ला लिगा क्लब सेभियाको गोलकिपर हुन्। उनले यसअघि एट्लेटिको मड्रिज, जारागोजा र जिरोउनाबाट पनि खेलिसकेका छन्।

त्यसैले उनलाई स्पेनी खेलाडीका बारेमा सबै जानकारी थियो। स्पेनलाई हराउने क्रममा उनले दुई पेनाल्टी प्रहार रोकेका थिए। पहिलो पेनाल्टी प्रहार(पाउलो सराबिया)मा उनले बलको दिशामै डाइभ गरे पनि बल बारमा लागेर फर्कियो। सानैमा मोरक्को पुगेका उनी २१ वर्षको उमेरमा व्यावसायिक फुटबल खेल्ने क्रममा स्पेन पुगेका थिए।

जितमा अनेक सेलिब्रेसन
मोरक्कोको जितलाई मोरक्कोका फ्यानले मात्र उत्सव मनाएनन्। सारा अरक देशहरु र अरबी फ्यानले नै त्यो जितको समर्थन गर्दै उत्सव मनाएका छन्। यता खेल सकिएपछि मोरक्कोको एक अफिसियलले भने प्यालेस्टाइनको झण्डा देखाएर उत्सव मनाएका छन्।

अहिले प्यालेस्टाइनमा युद्ध भइरहेको छ। यता फिफाले कुनै राजनीतिक र अफेन्सिभ लाग्ने झण्डा देखाउन वा वर्ग विभाजन गर्ने खालको प्रतिक्रिया दिने काममा प्रतिबन्ध लगाएको छ। यस्तोमा प्यालेस्टाइनको झण्डा देखाउँदा यसअघि पनि यो विषयको आलोचना भएको थियो।

कतारको मैत्री सम्बन्ध नभएको इजरायलले प्लालेस्टाइनसँग युद्ध गरिरहेको छ र प्यालेस्टाइनको झण्डा मोरक्कोका खेलाडीले क्यानडाविरुद्धको जितपछि पनि देखाएका थिए। अहिले अरबी देश प्यालेस्टाइनको पूर्वी जेरुसेलमको केहि जमिन ६ दिन यता इजरायलले कब्जा गरेको छ।

त्यस्तै लन्डनमा भएका मोरक्कोका समर्थकले सहरको केन्द्रमा मंगलबार राति नै विजय जुलुस निकालेका थिए। सामाजिक सञ्जालमा देखिएको भिडियो फुटेजअनुसार अक्सफोर्ड स्ट्रिट, पिकाडेली सर्कस र एड्जवेर रोडमा मानिसहरु मोरक्कोको जर्सी लगाएर नाचिरहेका देखिन्छन्। उनीहरुले मोरक्कोको झण्डा पनि बोकेका छन्। ‘मोरक्कोको मात्र होइन, सबैजसो अफ्रिकी देशको झण्डा लिएर समर्थक हिँडिरहेका छन्,’ २१ वर्षे विद्यार्थी झमेल असनले द गार्डियनसँग भनेका छन्।

प्रकाशित: Dec 08, 2022| 06:32 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।