सोमबार, फागुन १८, २०८२

कैलालीमा बन्दुकसहित वडाध्यक्ष पक्राउ

पक्राउ पर्नेमा कैलारी गाउँपालिका वडा नम्बर ९ का ५३ वर्षीय खेमराज चौधरी र धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ४६ वर्षीय मोहितकुमार शाह रहेको प्रहरीले जनाएको छ।
 |  मंगलबार, साउन २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०७८

धनगढी- कैलालीबाट दुई थान हतियारसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलारी गाउँपालिका वडा नम्बर ९ का ५३ वर्षीय खेमराज चौधरी र धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ४६ वर्षीय मोहितकुमार शाह रहेको प्रहरीले जनाएको छ। चौधरी कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष हुन्। स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित चौधरी पछि नेपाली कांग्रेस प्रवेश गरेका थिए।

यसअघि वडाध्यक्ष चौधरी वन तथा वन्यजन्तुसम्बन्धी मुद्दामा मुछिएका थिए। वनसम्बन्धी मुद्दा लागेपछि उनी महिनौं फरार भएका थिए। 

उनीहरुको साथबाट १२ बोर एक थान, त्यसमा लाग्ने कार्टिज एक, प्वाइन्ट टुटु थान एक र सो मा लाग्ने गोली १० राउन्ड बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए। 


बरामद १२ बोर र त्यसमा लाग्ने कार्टिज चौधरीको तथा प्वाइन्ट टुटु र सोमा लाग्ने गोली शाहको रहेको प्रहरी नायव उपरीक्षक बिष्टले बताए । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगंगा नगरपालिका–९ शंकरपुरमा जाँचका क्रममा बा. १७ च. १३१२ नम्बरको जिपमा लुकाई राखेको अवस्थामा बन्दुक र गोली बरामद गरिएको हो। इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ गइरहेको जिप खानतलासी गर्दा बन्दुक र गोली बरामद भएको थियो। 

kumari

गाडीमा चौधरी, शाहका साथै धनगढी उपमहानगरपालिका–१ का ४६ वर्षीय रुपक मल्ल, कैलारी गाउँपालिका वडा नम्बर ९ का ३३ वर्षीय योगेन्द्रबहादुर देउवा सवार थिए। 

प्रकाशित: Aug 10, 2021| 12:42 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।