शनिबार, साउन २, २०८३

आठौं संस्करणको राष्ट्रिय कराते प्रतियोगिता शुक्रबारबाट 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-आठौं संस्करणको राष्ट्रिय कराते प्रतियोगिता शुक्रबारबाट हुने भएको छ । आयोजक नेपाल गोजुरियो कराते संघले मंगलबार पत्रकार सम्मेलन गर्दै दुई दिने प्रतियोगिता शुक्रबार र शनिबार हुने जनाएको हो ।

प्रतियोगितामा सातै प्रदेश, क्लब तथा बिद्यालयबाट गरि ३ सय खेलाडीहरुको सहभागिता हुने आयोजकले जनाएको छ । शुक्रबार राष्ट्रिय रेफ्रि सेमिनार हुनेछ भने शनिबार प्रतियोगिता आयोजना गरिनेछ ।

प्रतियोगिताको दौरान अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई पनि सम्मान गरिने बताईएको छ । यसै प्रतियोगितालाई आधार मानेर संघले इन्डोनेसियाको जाकार्तमा हुने छैठौं एसियन गोजुरियो कराते प्रतियोगिताका लागि खेलाडी छनोट गर्ने समेत जनाएको छ । 

छैठौं एसियन गोजुरियो कराते प्रतियोगिता नोभेम्वर २२ देखि २५ तारिख सम्म जाकार्तमा चल्ने छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।