शुक्रबार, साउन १, २०८३

एएफसी यु-१६ च्याम्पियनसिपको छनोट भोली देखि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-एएफसी यु–१६ महिला च्याम्पियनसिपको छनोट अन्तर्गतको समूह ‘ई’ का खेलहरु बुधबारबाट राजधानीमा सुरु हुँदैछन् । प्रतियोगिताका सबै खेलहरु हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को खेल मैदानमा हुनेछ ।

प्रतियोगितामा आयोजक नेपालसहित मलेसिया, म्यानमार र फिलिपिन्स रहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएकोे छ ।

योजक एन्फाले प्रतियोगितामा सहभागी हरेक टिमको तयारीको बारेमा जानकारी गराउन मंगलबार प्रि–म्याच पत्रकार सम्मेलनको आयोजना गरेको थियो । नेपालले सेप्टेम्बर १९ मा फिलिपिन्ससँग खेल्दै छनोटको शुरुवात गर्नेछ ।

ही दिन म्यानमार र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् । नेपालले म्यानमारसँग सेप्टेम्बर २१ मा खेल्नेछ । सोही दिन फिलिपिन्स र मलेसियाले खेल्नेछ । छनोटको अन्तिम खेलमा नेपालले मलेसियासँग सेप्टेम्बर २३ मा खेल्नेछ । सोही दिन फिलिपिन्स र म्यानमाबीच खेल हुनेछ ।

हरेक समूहका शीर्ष दुई टोलीले सन् २०१९ मा थाइल्यान्डमा आयोजना हुने एएफसी यु–१६ प्रतियोगितामा स्थान बनाउनेछ । उत्तर कोरिया, दक्षिण कोरिया र जापानले स्थान बनाइसकेका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।