बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • जबराको महाभियोग निस्कृय भएपछि बारको आकस्मिक बैठक, रोक्नेबारे छलफल हुँदै

जबराको महाभियोग निस्कृय भएपछि बारको आकस्मिक बैठक, रोक्नेबारे छलफल हुँदै

सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निस्कृय भएपछि नेपाल बार एसोसिएसनले आकस्मिक बैठक बोलाएको छ।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

काठमाडौं– सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निस्कृय भएपछि नेपाल बार एसोसिएसनले आकस्मिक बैठक बोलाएको छ।

National life

बारले आकस्मिक बैठक बोलाएर जबरालाई सर्वोच्च जानबाट कसरी रोक्नेबारे छलफल गर्न लागेको हो।

जबराले संसद् सचिवालयमा निवदेन दिएका थिए। निवेदनको जवाफ दिँदै संसद्का महासचिव डा. भरतराज गौतमले जबरालाई महाभियोग प्रस्ताव निस्कृय भएको पत्र आजै दिएका हुन्। उक्त पत्र पाएपछि जबरा आजै कार्य सम्पादनका लागि सर्वोच्च फर्किंदै छन्।

संसद्ले पत्र दिएपछि बारले आकस्मिक बैठक डाकेको हो। बार अध्यक्ष गोपालकृष्ण घिमिरेले आफू बैठकमा जान लागेको र बैठकपछि के गर्ने भन्ने निर्णय गरिने जानकारी दिए। ‘मैले पनि भर्खरै संसद्ले महाभियोग निस्कृय भएको पत्र दिएको जानकारी पाएँ। बैठक बस्दै छ। बैठकले कसरी अघि बढ्ने निर्णय गर्छ’, नेपाल समयलाई उनले भने।

अघिल्लो वर्ष भदौदेखि नेपाल बार एसोसिएसन र कानुन व्यवसायीले विभिन्न आरोप लगाई जबराको राजीनामा मागेका थिए। ७ कात्तिकपछि कानुन व्यवसायीले देशभरि प्रदर्शन गरे, जसमा न्यायाधीशले पनि साथ दिए। प्रधानन्यायाधीशविरुद्ध कानुन व्यवसायीले लगाएका १७ आरोपमा ४ आरोप थप्दै सत्ता गठबन्धनले १ फागुनमा संसद्मा महाभियोग प्रस्ताव दर्ता गरेको थियो।

Shivam cement

आफूविरुद्ध महाभियोग प्रस्ताव गर्ने संसद्को आयु सकिएलगत्तै भदौ अन्तिम साता जबराले सर्वोच्च फर्किने तयारी गरेका थिए। जबराले सर्वोच्च फर्किने प्रयास गरेपछि त्यसबेला बारले उनलाई रोकेको थियो भने गृह मन्त्रालयको निर्देशनमा प्रहरीले जबरालाई प्रधानन्यायाधीश निवासबाट निस्कन दिएको थिएन।


प्रकाशित: Dec 07, 2022| 13:14 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...