NadaNada
बिहीबार, भदौ ५, २०८२

संसद्मा विधेयक : केही उपलब्धि, केही निष्क्रिय

लामो समय, ठूलो खर्च र झन्झटिलो प्रक्रिया पूरा गर्दै निश्चित विन्दुमा पुगिसकेका त्यस्ता विधेयकले आउँदो प्रतिनिधि सभामा फेरि सुरुदेखिका सबै प्रक्रिया पूरा गर्नुपर्नेछ।
 |  मंगलबार, मंसिर २०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

vianetvianet

काठमाडौं- प्रतिनिधि सभाको अघिल्लो कार्यकाल समाप्त भएसँगै निष्क्रिय भएका दर्जनौँ विधेयक अब फेरि शून्य अवस्थाबाट मात्र शुरु हुने भएको छ। लामो समय, ठूलो खर्च र झन्झटिलो प्रक्रिया पूरा गर्दै निश्चित विन्दुमा पुगिसकेका त्यस्ता विधेयकले आउँदो प्रतिनिधि सभामा फेरि सुरुदेखिका सबै प्रक्रिया पूरा गर्नुपर्नेछ। 

अघिल्लो प्रतिनिधि सभाको कार्यकाल समाप्त भएसँगै २७ वटा विधेयक निष्क्रिय भएका र १२ वटा विधेयक सरकार आफैँले फिर्ता लिएको संसद् सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले बताए। राष्ट्रिय सभाबाट सात र प्रतिनिधि सभाबाट पाँच गरी १२ वटा विधेयक सरकारले फिर्ता लगेको हो। 

राजनीतिक दलबीच सहमति र समझदारी हुन नसक्दा यसअघिको कार्यकालमा ती विधेयक निष्क्रिय बन्न पुगेका हुन्। संसद्को एउटा कार्यकाल समाप्त भएसँगै प्रतिनिधि सभाबाट उत्पत्ति भएका र निष्कर्षमा नपुगेका सबै विधेयक निष्क्रिय बन्न पुगेका थिए। संघीय संसद्को पहिलो कार्यकाल शुरु भएयता एक सय ५३ विधेयक दर्ता भएका थिए। 

तीमध्ये एक सय एक विधेयक भने राष्ट्रपतिबाट प्रमाणीकरण भई कानून कार्यान्वयनको चरणमा छन्। संसद्बाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको नेपालको नागरिकतासम्बन्धी संशोधन विधेयकमा भने प्रगति हुन सकेन। राष्ट्रिय सभामा उत्पत्ति भएका १२ विधेयक पनि अहिले त्यहाँ विचाराधीन अवस्थामा रहेको सूचना अधिकृत धमलाले बताए। 

निष्क्रिय भएका २७ मध्ये प्रतिनिधि सभामा उत्पत्ति भई त्यहाँ विभिन्न चरणमा रहेका २१ वटा विधेयक  थिए। त्यस्तै राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभामा पठाइएका पाँच वटा विधेयक फिर्ता नहुँदै प्रतिनिधि सभाको कार्यकाल समाप्त भएकाले ती विधेयक पनि निष्क्रिय हुन पुगे।

Metro Mart

त्यस्तै, प्रतिनिधि सभामा उत्पत्ति भई राष्ट्रिय सभामा प्रक्रियागत चरणमा रहेको एउटा विधेयक पनि सोही सभाको कार्यकाल समाप्त भएसँगै निष्क्रिय बन्न पुग्यो। संसद्मा सरकारी र गैरसरकारी विधेयकले प्रवेश पाउँदै आएको छ। सरकारी विधेयक मन्त्री तथा गैरसरकारी विधेयक सांसदले पेश गर्ने कानूनी व्यवस्था छ।

सुरक्षा निकाय र आर्थिकसँग सम्बन्धित विधेयक भने सरकारका मन्त्री आफैँले दर्ता गराउनु पर्ने संवैधानिक व्यवस्था छ। रासस


प्रकाशित: Dec 06, 2022| 19:53 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...