NadaNada
बिहीबार, भदौ ५, २०८२

सकियो समानुपातिक मतगणना, तीन दिनमा सिट बाँडफाँट हुने

निर्वाचन आयोगका अनुसार आज साँझ प्रत्यक्ष र समानुपातिक दुवैको गणना सकिएको हो। प्रत्यक्षतर्फको गणना हिजै सकिएको थियो भने समानुपातिक गणना भइरहेको थियो।
 |  मंगलबार, मंसिर २०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

vianetvianet

काठमाडौं– चार मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सकिएको छ। निर्वाचन आयोगका अनुसार आज साँझ प्रत्यक्ष र समानुपातिक दुवैको गणना सकिएको हो। प्रत्यक्षतर्फको गणना हिजै सकिएको थियो भने समानुपातिक गणना भइरहेको थियो।

आयोगका अनुसार कुल १ करोड ५ लाख ६० हजार ६७ समानुपातिक मत सदर भएको छ। सबैभन्दा धेरै मत नेकपा एमालेले पाएको छ। २८ लाख ४५ हजार ६४१ मत पाएर एमाले पहिलो बनेको छ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ। नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ मत पाएको छ। 

चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९ मत पाएको छ। 

जनता समाजवादी पार्टी नेपालले चार लाख २१ हजार ३१३ र जनमत पार्टीले तीन लाख ९४ हजार ५६६ मत पाएको छ। सात वटा पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाएका छन्।

Metro Mart

नेकपा एकीकृत समाजवादीले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गरेको छ। केही हजार मत नपुगेर नेकपा एस राष्ट्रिय पार्टी बन्नबाट वञ्चित भएको छ। नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ७२२ मत पाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक लाख ६७ हजार ३६७ मत प्राप्त गरेको छ। बाँकी दलले एक लाखभन्दा कम मत पाएका छन्।

कुल सदर मतको ३ प्रतिशतभन्दा बढी मत ल्याउने दलले समानुपातिक सिट पाउँछन्। निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँटसम्बन्धी कानुन संशोधन गर्दै बन्दसूचीबाट नाम पठाउन दलहरुलाई तीन दिनको समय दिने व्यवस्था गरेको छ।

प्रदेशसभातर्फ दलहरूले बन्दसूचीबाट समानुपातिक सिटमा नाम पठाउन सात दिनको समय थियो। सात दिनलाई संशोधन गरेर तीन दिन कायम गरिएको छ।

प्रकाशित: Dec 06, 2022| 18:00 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...