NadaNada
शुक्रबार, भदौ ६, २०८२

लोकप्रिय मत घट्दा कांग्रेसको साखमा धक्का : शेखर कोइराला

पपुलर मत घट्नुको कारणबारे पार्टीभित्र गम्भीर बहस हुनुपर्ने नेता कोइरालाको धारणा।
 |  मंगलबार, मंसिर २०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

vianetvianet
Metro Mart

काठमाडौं– कांग्रेस नेता शेखर कोइरालाले निर्वाचनमा लोकप्रिय मत घट्दा पार्टीको साख गिरेको बताएका छन्। मंगलबार विराटनगरमा कांग्रेस नेता गुरुराज घिमिरे लिखित ‘बाटो बिराएको राजनीति’ विचार संग्रह विमोचन गर्दै कोइरालाले पपुलर मत घट्नुको कारणबारे गम्भीर हुनुपर्ने औंल्याएका हुन्। 

उनले भने, ‘यस पटक प्रत्यक्षमा २३ बाट ५७ सिटमा कांग्रेस पुग्यो तर पपुलर मत ७ प्रतिशत कम भयो। यसबारे गम्भीर हुन जरुरी छ। कांग्रेसको साख गिरेको हो कि भन्ने छ। यसलाई सच्याएर अघि बढनुपर्छ।’ 

पार्टी एकढिक्का भएर अघि बढ्ने उनको भनाइ छ। ‘तपाईंहरु ढुक्क हुनुस्। कांग्रेस एकढिक्का भएर अघि बढ्छ। सरकार पनि गठबन्धनकै हुनेछ। कांग्रेसको क्रियाशील सदस्यता शतप्रतिशत खुला गरिनुपर्छ’, उनले भने।

प्रकाशित: Dec 06, 2022| 16:19 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...