शनिबार, चैत १४, २०८२

च्याम्पियन्स लिग : एमबाप्पे नखेल्दा नेयमारलाई समस्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
पेरिस (एजेनसी)-च्याम्पियन्स लिगमा आजा (मंगलबार) लिभरपुल र पेरिस सेन्ट जर्मेन (पिएसजी) एक आपसमा भिड्दै छन् । समूह ‘सी’ मा रहेका यि दुबै टोलीले यस सिजनाको च्याम्पियनस लिगमा आफ्नो पहिलो खेल खेल्दै छन् । आफ्नो पहिलो खेल पिएसजीले लिभरपुलको घरेलु मैदानमा उसको सामना गर्दै छ ।

खेल नेपाली समय अनुसार मंगलबार राति १२:४५ बजे शुरु हुने छ । तर, यस खेलमा पिएसजीका युवा स्टार खेलाडी केलियन एमबाप्पे भने उपस्थित हुने छैनन् । एमबाप्पेले निमेसविरुद्धको खेलमा रातो कार्ड पाएसँगै उनलाई यस खेलमा प्रतिबन्ध लगाईएको छ । 

एमबाप्पेले निमेसका खेलाडी टेजे साभानिएरलाई फाउल गरेको भन्दै खेलको इनजुरी समयका रातो कार्ड खाएका थिए । यससँगै उनी तीन खेलाका लागि मैदान बारिर रहेका छन् । पछिल्लो दुई बर्ष यता पिएसजी च्याम्पियन्स लिगको शीर्ष १६ बाट बाहिरिएको थियो ।

यो पिएसजिका लागि परिक्षण समय पनि हो । यस बर्ष दुई उत्कृष्ट टोली लिभरपुल र पिएसजी एउटै समूहमा भएकाले यि दुबै टोली नै एक अर्काको बाधक बन्न सक्ने अनुमान गर्न सकिन्छ ।

नेयमारलाई समस्यामा ?

पिएसजीले लिग–एक का पहिला आफ्ना पाँच खेलमा जित दर्ता गरेको छ । पिएसजीलाई पार्क डेस प्रिन्सेजको यात्रा अहिले सम्मकै कठिन हुन सक्छ । किनकी पिएसजीका अर्का स्टार खेलाडी नेयमार यस खेलमा ९० मिनेट खेले पनि उनलाई दबाब रहने छ ।

युएसमा एल साल्भाडोरविरुद्धको खेलमा ब्राजिलले ५-० ले जित निकाल्दा विश्वकै महंगा खेलाडी नेयमार लयमा आएको महसुस भएको थियो । जहाँ नेयमारले पेनाल्टी मार्फत खेलको ४ मिनेटमा नै गाल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । 

तर, लिभरपुलसँगको खेलमा नेयमारको प्रदर्शन कस्तो रहने छ । त्यो भने हेर्ने नै छौ । पीएसजीको आक्रमणमा ब्राजिलियन फरवार्ड नेयमारसँगै उरुग्वेका एडिन्सन कभानी रहने छन् । यता लिभरपुलको आक्रमण इजिप्टका मोहमद सलाह, सेनेगलका कप्तान साडियो माने र ब्राजिलियन रोबर्टो फिर्मिनोले सम्हाल्नेछन् । 

यद्यपी फिर्मिनो आँखाको चोटका कारण यस खेलका लागि उपलब्ध नहुने सम्भावना छ । उनी शनिबार स्पर्सविरुद्ध प्रिमियर लिगको खेलमा घाइते भएका थिए । पिएसजीले नयाँ अनुबन्धित खेलाडी जुआन बर्नाटलाई यस खेलमा आफ्नो उहिलो उपस्थितीको रुपमा मौका दिन सक्छन् । उनलाई १५ मिलियन युरोमा क्लबले अनुबन्ध गरेको थियो । 

च्याम्पियनस लिगमा आजका खेलहरु

बर्सिलोनाविरुद्ध पिएसभी (राति १०:४० बजे)

इन्टर मिलानविरुद्ध टोटनह्याम (राति १०:४० बजे)

क्लब ब्रुग्गेविरुद्ध डर्टमन्ड (राति १२:४५ बजे)

साल्कविरुद्ध प्रोटो (राति १२:४५ बजे)

मोनाकोविरुद्ध एथलेटिको मड्रिड (राति १२:४५ बजे)

लिभरपुलविरुद्ध पिएसजी (राति १२:४५ बजे)

रेड स्टार बेलग्राडेविरुद्ध नेपोली (राति १२:४५ बजे)

गलटासारायविरुद्ध लोकोमोटिभ मोस्को (राति १२:४५ बजे)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।