काठमाडौं– प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले नेता शशांक कोइरालालाई संसदीय दलको निर्वाचनमा सघाउन सहयोग मागेका छन्। मंगलबार काठमाडौं फर्किएका कोइराला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा भेट्न पुगेका थिए।
भेटमा देउवा र कोइरालाले एकअर्कालाई बधाइ दिए भने चुनावी परिणाम र सरकार गठनबारे कुराकानी गरे। सभापति देउवाले नेता कोइरालालाई पार्टीको संसदीय दलमा आफूलाई सघाउन आग्रह गरे।
देउवाले भने, संसदीय दलको नेतामा लड्दै छु। मलाई सघाउनुहोला।’ कोइरालाले त्यसबारे सल्लाह गरौंला भनेर जवाफ दिएको बताइएको छ। यसअघि कोइरालाले आफू संसदीय दलको नेताका लागि योग्य भएको र प्रधानमन्त्रीको दाबेदार रहेकाले देउवाले ठाउँ छाडिदिनुपर्ने बताएका दिए।