बिहीबार, जेठ २८, २०८३

कहिले सकिएला समानुपातिक मत गणना?

मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको मत गनिसकिएको छ। तर, निर्वाचन आयोगले समानुपातिकतर्फ खसेको मत भने आज गनेर सक्ने जनाएको छ।
 |  मंगलबार, मंसिर २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

काठमाडौं- मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको मत गनिसकिएको छ। तर, निर्वाचन आयोगले समानुपातिकतर्फ खसेको मत भने आज गनेर सक्ने जनाएको छ।

National life

अहिलेसम्म समानुपातिकतर्फ १ करोड ४ लाख ७८ हजार ७ सय ३५ मत गनिसकिएको छ। निर्वाचन आयोगले बाँकी रहेका समानुपातिकतर्फ मत गनेर आज सक्ने जनाएको छ।र

समानुपातिकतर्फ स्याङ्जा क्षेत्र नम्बर २, बाजुरा र दोलखाका मत गणना जारी छन्। समानुपातिकतर्फ मतपरिणाम आइसकेपछि आयोगले दलहरूले पाउने सिट संख्या निर्धारण गर्ने छ।

दलहरूले बन्द सूची बुझाएअनुसार उम्मेदवारहरू सिफारिस गर्न आयोगले दलहरूलाई समय दिने तयारी पनि गरेको छ। यसपालिको चुनावका लागि एक करोड ७९ लाख ८ हजार ८ सय ५० मतदाता थिए। करिब एक करोड ९ लाख ७३ हजार २७ मत खसेको बताइएको छ।

प्रकाशित: Dec 06, 2022| 09:41 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...