काठमाडौं- मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको मत गनिसकिएको छ। तर, निर्वाचन आयोगले समानुपातिकतर्फ खसेको मत भने आज गनेर सक्ने जनाएको छ।
अहिलेसम्म समानुपातिकतर्फ १ करोड ४ लाख ७८ हजार ७ सय ३५ मत गनिसकिएको छ। निर्वाचन आयोगले बाँकी रहेका समानुपातिकतर्फ मत गनेर आज सक्ने जनाएको छ।र
समानुपातिकतर्फ स्याङ्जा क्षेत्र नम्बर २, बाजुरा र दोलखाका मत गणना जारी छन्। समानुपातिकतर्फ मतपरिणाम आइसकेपछि आयोगले दलहरूले पाउने सिट संख्या निर्धारण गर्ने छ।
दलहरूले बन्द सूची बुझाएअनुसार उम्मेदवारहरू सिफारिस गर्न आयोगले दलहरूलाई समय दिने तयारी पनि गरेको छ। यसपालिको चुनावका लागि एक करोड ७९ लाख ८ हजार ८ सय ५० मतदाता थिए। करिब एक करोड ९ लाख ७३ हजार २७ मत खसेको बताइएको छ।