शनिबार, चैत १४, २०८२

प्रिमियर लिग : साउथह्याप्टन र ब्राइटनको बराबरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
साउथह्याप्टन (एजेन्सी)-इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याप्टन र ब्राइटन एन्ड होभ अल्वियोनले बराबरी खेलेका छन्। साउथह्याम्पटन आफ्नो घरेलु मैदानमा ब्राइटनसँग २-२ गोलको बराबरीमा रोकिएको हो।

घरेलु टोलीका लागि पिरे इमिली र ड्यानी इंग्सले गोल गर्दा ब्राइटनका लागि सेन डफी र ग्लेन मुरेले गोल गरे। घरेलु टोलीले सोमबार राति भएको खेलमा २-० को अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुगेको हो।

३५औं मिनेटमा पिरे इमिलीले गोल गरेपछि घरेलु टोलीले पहिलो हाफमा १-० को अग्रता बनाएको थियो। ६५औं मिनेटमा ड्यानी इंग्सले पेनाल्टीमा गोल गरेपछि घरेलु टोलीले २–० को अग्रता बनाएका थियो।

तर, त्यसको २ मिनेटपछि सेन डफीले गोल गर्दै खेलमा फर्कने प्रयास गरे। इन्जुरी समयमा ब्राइटनले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए। बराबरीपछि साउथह्याम्पटन ५ खेलबाट ५ अंकसहित १३औं तथा समान ५ अंक भएपनि ब्राइटन गोल अन्तरमा पछि पर्दै १४औं स्थानमा छ। 

पाँच खेलमा शतप्रतिशत जित निकाल्दै १५ अंक जोडेको चेल्सी लिगको शीर्ष स्थानमा छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।