बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नदीको धार परिवर्तन हुनेगरी भारतले तटबन्ध बनाउँदा सरकार नबोल्नु अस्वभनीय : नेता रावल

नदीको धार परिवर्तन हुनेगरी भारतले तटबन्ध बनाउँदा सरकार नबोल्नु अस्वभनीय : नेता रावल

नेकपा एमालेका नेता एवं पूर्व रक्षामन्त्री भीमबहादुर रावलले भारतले महाकाली नदीको धार परिवर्तन हुनेगरी तटबन्ध बनाउँदा पनि सरकार मौन बस्नु अस्वभनीय भएको बताएका छन्।
 |  मंगलबार, मंसिर २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

काठमाडौं- नेकपा एमालेका नेता एवं पूर्व रक्षामन्त्री भीमबहादुर रावलले भारतले महाकाली नदीको धार परिवर्तन हुनेगरी तटबन्ध बनाउँदा पनि सरकार मौन बस्नु अस्वभनीय भएको बताएका छन्। नेता रावलले सोमबार राति सामाजिक सञ्जालमा ट्वीट गर्दै सरकारले यो विषयमा कुटनीतिक रुपमा कुनै पहल नगर्नु लज्जाको विषय भएको बताए।

National life

'दुई देशका नागरिकबीच ढुंगा हानाहान हुँदा पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सरकार चुइक्क नबोल्नु लज्जाजनक हो। दुई देशबीचको यति गम्भीर विषय प्रमुख जिल्ला अधिकारीले हेरेर हुने होइन । प्रधानमन्त्री र मन्त्रालय देशप्रति जिम्मेवाउ होऊ,' उनले सामाजिक सञ्जालमा लेखेका छन्।

सुदूरपश्चिमको दार्चुलाको खलंगास्थित भारतले महाकाली नदीको बीचमा तटबन्ध बनाएर धार परिवर्तन गर्दा केही दिनदेखि नेपाल र भारतका नागरिकबीच ढुंगा हानाहान हुँदैआएको छ।

आइतबार अपराह्न ४ बजेतिर दुवैतर्फबाट ढुंगा हानाहान भएको हुँदा भारतीय पक्षले प्रहार गरेको ढुंगा लागेर बांगाबगरस्थित कैलाशपति आधारभूत विद्यालय नजिक खेलिरहेका चार बालक घाइते भएका थिए।

नेपाली नागरिकले नदीको धार परिवर्तन गर्दा नेपालको भूमि मासिने भन्दै त्यसलाई रोक्न भारत सरकारसँग माग गर्दैआएका छन्।

Shivam cement

प्रकाशित: Dec 06, 2022| 07:08 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...