NadaNada
शुक्रबार, भदौ ६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • परराष्ट्रलाई गृहले भन्यो- महाकाली घटना बारे भारतलाई कूटनीतिक नोट पठाउनु

परराष्ट्रलाई गृहले भन्यो- महाकाली घटना बारे भारतलाई कूटनीतिक नोट पठाउनु

महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएको विषयमा गृह मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाउन आग्रह गर्दै परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको छ।
 |  मंगलबार, मंसिर २०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

vianetvianet

काठमाडौं- महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएको विषयमा गृह मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाउन आग्रह गर्दै परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको छ।

गृहले सोमबार परराष्ट्रलाई पत्र पठाउँदै दार्चुला सदरमुकाम खलंगाको पारिपट्टी भारतले महाकाली मिच्दै एकतर्फी तटबन्धन बनाएको र त्यसबाट नदीको धार नेपालतर्फ धकेलिएको उल्लेख गर्दै भारतलाई यस विषयमा कुटनीतिक नोट पठाउन भनेको हो।

नेपालको सहमतिबिना संरचना बनाइएको र यसले नेपालतर्फ क्षति पुर्‍याउने गृहको पत्रमा उल्लेख छ। गृहले सीमा क्षेत्रमा संरचना निर्माण गर्नु परे दुवै देशको सहमति र समन्वय हुन पर्ने पत्रमा उल्लेख गरेको छ।

पटक-पटक सीमा क्षेत्रमा यस्ता घटना दोहोरिरहेकाले कूटनीतिक रूपमापहल गरी समस्याको दीर्घकालीन समाधान खोज्न गृहले परराष्ट्र मन्त्रालयसमक्ष आग्रह गरेको छ।

आइतबार अपराह्न ४ बजेतिर दुवैतर्फबाट ढुंगा हानाहान भएको हुँदा भारतीय पक्षले प्रहार गरेको ढुंगा लागेर बांगाबगरस्थित कैलाशपति आधारभूत विद्यालय नजिक खेलिरहेका चार बालक घाइते भएका थिए।

Metro Mart

प्रकाशित: Dec 06, 2022| 06:51 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...