काठमाडौं-युएईमा जारी एसिया कप क्रिकेटमा सोमबार राति भएको समूह चरणको दोस्रो खेलबाट श्रीलंका बािहरिएको छ । आफ्नो दोस्रो खेदमा अफगानिस्तानसँग ९१ रनले पराजित हुँदै श्रीलंका समूह चरणबाटै बाहिरिएको हो ।
यससँगै एसिया कपबाट बाहिरिने श्रीलंका पहिलो टोली बनेको छ । टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले दिएको २५० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको श्रीलंकाले ४१.२ ओभरमा सबै विकेट गुमाउदै १५८ रन मात्र बनाउन सक्यो ।
श्रीलंकाका लागि उपुल थरंगाले ३६ तथा थिसरा परेराले २८ रन जोडेपनि टोलीको हारबाट जोगाउन सकेनन् । श्रीलंकालाई सस्तैम समेट्न अफगानिस्तानका मुजिब उर रहमान, गुल्बदीन नाईब, मोहमद नाबी र राशिद खानले समान २–२ विकेट लिए ।
यसअघि अफगानिस्तानले पुरै ५० ओभरमा सबै विकेट गुमाउदै २४९ रन बनाएको थियो । अफगानिस्तानका लागि रहमत साहले ७२ रनको अर्धशतकीय पारि खेल्दा इशानउल्लाह जनतले ४५ रन जोडे । श्रीलंकाका थिसरा परेराले ५ तथा अकिला धनन्जयले २ विकेट लिए ।
यो जितसंगै समूह ‘बि’ को अफगानिस्तानले १ खेलबाट २ अंक जोडेको छ । श्रीलंका अंकविहिन रहदै घर फर्कियो । पहिलो खेलमा श्रीलंका बंगलादेशसंग पराजित भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४