NadaNada
शुक्रबार, भदौ ६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • नयाँ सरकार र चुनावी अंकगणितबारे छलफल गर्न बालुवाटार पुगे सत्ता गठबन्धनका शीर्ष नेता

नयाँ सरकार र चुनावी अंकगणितबारे छलफल गर्न बालुवाटार पुगे सत्ता गठबन्धनका शीर्ष नेता

कांग्रेसले सभापति देउवाकै नेतृत्वमा सत्ता गठबन्धनभित्रका र बाहिरका अन्य दलको सहयोग जुटाएर नयाँ सरकार बनाउन पहल गरिरहेको छ।
 |  सोमबार, मंसिर १९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९

vianetvianet
Metro Mart

काठमाडौं– सत्तारुढ गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरु आगामी सरकार गठन र चुनावी समीक्षा गर्न प्रधानमन्त्री निवास बालुवाटारमा भेलामा भएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निर्वाचनपछि पहिलो पटक आगामी रणनीतिबारे छलफल गर्न बालुवाटारमा छलफल थालेका हुन्।

कांग्रेसले प्रतिनिधिसभामा ५७, माओवादीले १८, एकीकृत समाजवादीले १०, लोसपाले ४ र राष्ट्रिय जनमोर्चाले १ क्षेत्र जितेका थिए। सत्ता गठबन्धनका शीर्ष नेताहरू साढे ३ बजेदेखि बालुवाटारमा छलफलमा जुटेको बताइएको छ। कांग्रेसले सभापति देउवाकै नेतृत्वमा सत्ता गठबन्धनभित्रका र बाहिरका अन्य दलको सहयोग जुटाएर नयाँ सरकार बनाउन पहल गरिरहेको छ।

प्रकाशित: Dec 05, 2022| 15:57 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...