सोमबार, फागुन १८, २०८२

कैलालीमा स्कार्पियो दुर्घटना, चार जना घाइते

कैलालीमा भएको स्कार्पियो दुर्घटनामा चार जना घाइते भएका छन्।
 |  मंगलबार, साउन २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०७८

kumari

धनगढी- कैलालीमा भएको स्कार्पियो दुर्घटनामा चार जना घाइते भएका छन्। दुर्घटनामा अछाम साँफेबगर नगरपालिका–१ का २९ वर्षीय स्कार्पियो चालक गोपी धामी, वडा नम्बर ५ का ४७ वर्षीय रमेश बुढा, वडा नम्बर ६ का ३१ वर्षीय मुकुन्द रावल र ५१ वर्षीय धनकला रावल घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये स्कार्पियो चालक गोपीको अवस्था गम्भीर छ।

अछामदेखि धनगढी आउँदै गरेको सु.प.प्र. ०१००१ च २६५८ नम्बरको स्कार्पियो कैलालीको चुरे गाउँपालिका–३ सल्लेघारीमा अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। घाइतेलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको अधिकारीले बताए।

प्रकाशित: Aug 10, 2021| 12:14 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।