बिहीबार, वैशाख २७, २०८१

ठूला टिमको फितलो प्रदर्शनमै सकियो विश्वकपको समूह चरण

रोमाञ्चक नकआउट खेल अब आउँदैछन्। जसरी पनि जित निकाल्नैपर्ने बाध्यता टिमलाई हुनेछ। पराजित हुने टिमको लागि विश्वकप सकिनेछ। अब प्रि-क्वाटरफाइनल, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलका खेलहरु हुनेछन्। अब पराजित हुने टोली घर फर्किनेछ।
 |  शनिबार, मंसिर १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १७, २०७९

काठमाडौं- कतार विश्वकपको पर्खाइ लामै रह्यो। धेरै मानिस सुरु हुने दिन गन्दै बसिरहन्थे। अनि नोभेम्बर २० मा बल्ल सुरु भयो विश्वकपको २२ औं संस्करण। अहिले यसको समूह चरण अन्तर्गत तेस्रो चरण अर्थात अन्तिम चरण पनि समाप्त भइसकेको छ।

triton college

६४ मध्ये आधाभन्दा धेरै अर्थात् ४८ खेल भइसकेका छन्। आजबाट नकआउट चरणका खेलहरु सुरु भएको छ। समूहभन्दा अघिका रोमाञ्चक नकआउट खेल अब आउँदैछन्। जसरी पनि जित निकाल्नैपर्ने बाध्यता टिमलाई हुनेछ। पराजित हुने टिमको लागि विश्वकप सकिनेछ। अब प्रि-क्वाटरफाइनल, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलका खेलहरु हुनेछन्। अब पराजित हुने टोली घर फर्किनेछ।

बाहिरिएका र रहेका टिम: ३२ टोलि सहभागी प्रतियोगिताको समूह चरण सकिएपछि १६ टिम घर फर्किए भने बाँकी १६ टिमले अन्तिम १६ मा स्थान सुरक्षित गरे। नकआउट चरणमा पुगेका १६ टिम मध्ये आठ टिम समूह विजेता बने भने बाँकी आठ टिमले उपविजेताका रुपमा अघिल्लो चरणमा प्रवेश गरे।

समूह विजेता बन्ने टिमः नेदरल्यान्ड, ब्राजिल, अर्जेन्टिना, पोर्चुगल, मोरक्को, जापान, इङ्ग्ल्यान्ड र फ्रान्स।
समूह उपविजेता बन्ने टिमः अमेरिका, सेनेगल, स्विटजरल्यान्ड, दक्षिण कोरिया, पोल्यान्ड, स्पेन, अष्ट्रेलिया र क्रोएसिया।

बाहिरिने टिमः इक्वेडर, कतार, वेल्स, इरान, जर्मनी, कोष्टारिका, ट्युनिसिया, वेल्जियम, क्यानडा, डेनमार्क, मेक्सिको, साउदी अरेबिया, घाना, उरुग्वे, क्यामरुन, सर्बिया।

corrent noodles
Metro Mart

अपराजित रहँदै नकआउटमा पुग्ने टिमः समूह चरणका खेलहरु सकिँदै गर्दा ३२ टिम मध्ये तीन मात्रै नकआउट चरणमा पुग्दा सम्म अपराजित रहे। ती टिमहरु हुन् नेदरल्यान्ड, मोरक्को र इङ्ग्ल्यान्ड। तीनै टिमले समूहको सबै खेलमा जित निकाल्न नसके पनि बराबरी मात्रै खेलेर भएपनि पराजित हुनबाट बचेका थिए। बाँकी २९ टिमहरु कम्तिमा एक खेलमा पराजित भए। अर्जेन्टिना, ब्राजिल, पोर्चुगल, स्पेन, फ्रान्स, क्रोएसिया जस्ता बलिया टिमहरु सबैले एक खेलमा पराजय व्यहोरेका छन्।

एशियन र अफ्रिकन टिमले जितेको मनः अन्य विश्वकपको तुलनामा यसपटक एशियन टिमले सबैभन्दा राम्रो प्रदर्शन गर्यो भन्दा फरक नपर्ला। यसपटक तीनवटा एशियन टिमले नकआउट चरणमा स्थान बनाए। दक्षिण कोरिया, जापान र अष्ट्रेलियाले एशियाबाट अन्तिम १६ मा स्थान बनाए। जापानले जर्मनी र स्पेन जस्तो बलियो टिमलाई पराजित गर्यो, कोरियाले पोर्चुगललाई पराजित गर्दै एशियन टिमको शिर उच्च पारे। प्रतियोगिताबाट बाहिरिए पनि साउदी अरेबियाले अर्जेन्टिनालाई पराजित गर्दै अझ विश्वको ध्यान आफुतिर तान्न सफल भयो।

त्यस्तै यसपटकक अफ्रिकन टिमको समूह चरणको प्रदर्शनलाई पनि औसत रुपमा लिन सकिन्छ। यसपटक अफ्रिकाबाट दुई टिमले नकआउटमा स्थान सुरक्षित गरे। मोरक्को र अफ्रिकन च्याम्पियन सेनेगलले समूह चरण पार गर्न सफल भए। त्यस्तै क्यामरुनले ब्राजिल र ट्युनिसियाले फ्रान्सलाई समूह चरणमा पराजित गर्यो तर अन्य खेलमा राम्रो प्रदर्शन गर्न नसक्दा उनीहरुले अन्तिम १६ मा स्थान बनाउन सकेनन्। तर उनीहरुका लागि बलियो टोलिलाई पराजित गर्नु पनि एउटा ठुलो उपलब्धिका रुपमा लिन सकिन्छ। युरोप तथा अमेरिकी तुलनामा कमजोर रुपमा देखिएको कुनैपनि एशियन तथा अफ्रिकन टिमले विश्वकपको फाइनलसम्मको पनि यात्रा तय गर्न सकेको छैन।

बाहिरिए ठूला टिमः यसपटक विश्वकपको उपाधि दाबेदार टोलिका रुपमा हेरिएका केही बलिया टिमहरुले समूह चरण पार गर्न सकेनन्। फिफा वरीयताको दोस्रो स्थानमा रहेको बलियो टोलि वेल्जियम यस पटक प्रतियोगिताबाट बाहिरिने पहिलो ठुलो नाम रहन पुग्यो। पहिलो खेलमा क्यानडालाई पराजित गर्दै विजयी सुरुवात गरेको वेल्जियमले त्यसलाई निरन्तरता दिन सकेन।

वेल्जियम दोस्रो खेलमा मोरक्कोसँग पराजित भयो र जित्नैपर्ने अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेपछि प्रतियोगिताबाट बाहिरियो।

त्यस्तै अर्को ठुलो टिम थियो जर्मनी जसलाई पछिल्ला समयको प्रदर्शनको आधारमा उपाधि दाबेदार टिमको रुपामा लिइएको थियो। तर अप्रत्यासित रुपमा पहिलो खेलमै जापानसँग पराजित भएपछि जर्मनीको नकआउट चरणको सम्भावना कमजोर बनेको थियो। त्यसपछिको दोस्रो खेलमा स्पेनसँग बराबरी खेल्यो। त्यसपछिको अन्तिम खेलमा कोष्टारिका विरुद्ध जित निकाले पनि गोलअन्तरको आधारमा जर्मनी प्रतियोगिताबाटै बाहिरियो। चारपटकको विश्वविजेता जर्मनी अघिल्लो संस्करणको पनि समूह चरणबाटै बाहिरिएको थियो।

त्यस्तै डेनमार्क र उरुग्वे जीतविहिन हुँदै प्रतियोगिताबाट बाहिरिए। त्यस्तै एक खेलमा जीत निकालेकको अर्को बलियो टोलि मेक्सिको त्यसलाई निरन्तरता दिन सकेन र बलियो टिमका बाबजुद समूह चरणबाटै घर फर्किन बाध्य भयो।

आयोजक टिमको खराब प्रदर्शन र रेकर्ड
फिफा विश्वकप २०२२ को आयोजक टिम कतार इतिहासकै सबैभन्दा कमजोर टिम बन्यो। कतारले तीनवटै खेलमा पराजित हुँदै अंकविहिन भएर प्रतियोगिताबाट बाहिरियो। प्रतियोगिताबाट खराब प्रदर्शन गरेर बाहिरिँदै गर्दा कतारले दुईवटा खराब रेकर्ड बनायो। पहिलो थियो विश्वकपको पहिलो खेलमा पराजित हुने इतिहासकै पहिलो टिम। विश्वकपको करिब एक शतकको अवधिमा अहिलेसम्म कुनै पनि आयोजक टिमले पहिलो खेल हारेको थिएन।

त्यस्तै दोस्रो थियो समूह चरण पार गर्न नसक्ने दोस्रो आयोजक टिम। सन् २०१० को विश्वकपमा आयोजक दक्षिण अफ्रिकाले पनि समूह चरण पार गर्न सकेको थिएन। त्यसपछि यो रेकर्ड कतारले पनि आफ्नो नाममा लियो।  

गोल्डेन बुटको रेस
प्रतियोगिताको समूह चरणका खेल सकिँदा गोल्डेन बुटको दौड पनि रोमाञ्चक बन्दै छ। पहिलो चरणमा शिर्ष तीनमा रहेका खेलाडी दोस्रो चरणमा आइपुग्दा त्यसमा छैनन्। त्यस्तै दोस्रो चरणको खेलमा शिर्षमा आएका खेलाडीहरु समूह चरणमा आइपुग्दा त्यसमा छैनन्। पहिलो चरणमा दुई गोल गरेका स्पेनका फेरान टोरेस, इंग्ल्यान्डका बुकायो साका, फ्रान्सका ओलिभिए जिरु, ब्राजिलका रिचाल्सन दोस्रो चरणमा गोल गर्न चुके। अहिले गोल्डेन बुटको रेसमा सबैभन्दा अगाडि छन् स्पेनका अलभारो मोराट, त्यसपछि छन् नेदरल्यान्डका कोडी ग्यापो। उनी पश्चात इक्वेडरका कप्तान इनर भ्यालेनसिया, इङगल्यान्डका मार्कोस रास्फोर्ड र फ्रान्सका केलियन एम्बाप्पे। उनीहरु सबैले समान तीन/तीन गोल गरेका छन्।

त्यस्तै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी, पोर्चुगलका ब्रुनो फर्नान्डेज समान दुई/दुई गोल गर्दै यो रेसमा अघि आएका छन्। अघिल्लो संस्करणका गोल्डेन बुट विजेता इंग्ल्यान्डका कप्तान ह्यारी केनले अझैसम्म पनि गोलको खाता खोल्न सकेका छैनन् तर उनी तीन असिस्ट गर्दै असिस्टकर्ताको शिर्ष स्थानमा रहेका छन्।

प्रकाशित: Dec 03, 2022| 23:05 शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।