आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • काठमाडौंमा खानेपानी समस्या समाधानमा पहल गरिरहेको छु : प्रकाशमान सिंह

काठमाडौंमा खानेपानी समस्या समाधानमा पहल गरिरहेको छु : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजधानीबासीको खानेपानी समस्या छिटो समाधान होस् भनेर आफूहरू लागिपरेको बताएका छन्।
 |  शनिबार, मंसिर १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १७, २०७९

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजधानीबासीको खानेपानी समस्या छिटो समाधान होस् भनेर आफूहरू लागिपरेको बताएका छन्।

National life

बहुप्रतिक्षित मेलम्ची खानेपानी परियोजना किन सुरु हुन सकेन भनेर आफूहरू खानेपानी मुहानमै पुगेर आएकाले केही व्यावहारिक र प्राविधिक समस्या तत्कालै समाधान गराउन प्रधानमन्त्रीसँग पहल गर्ने समेत उनले बताएका छन्। 

शनिबार बिहान काठमाडौंको आशा आवासीय विद्यालयमा आयोजित  कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यहाँ सुकुम्बासीहरूको पनि समस्या देखिएको छ। अहिले राष्ट्रिय भूमि आयोगले काम गरिरहेको छ। आयोगले दिएको सुझावअनुसार हामीले छिट्टै सुकुम्वासीहरूको समस्या समाधान गर्नेछौँ,’ उनले भने।

काठमाडौं–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रको विकास र समृद्धिको लागि आफू सधैँ तत्पर रहेको बताए। उनले आफूसँग प्रधानमन्त्री बनेर काम गर्नसक्ने ‘कन्फिडेन्स’ भएको पनि बताए।

प्रकाशित: Dec 03, 2022| 10:35 शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...