शनिबार, जेठ ३०, २०८३

देशको रोग भ्रष्टाचार हो, हामी उपचार गर्छौं : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्यमा गुल्मी १ बाट निवार्चित सांसद डा. चन्द्र भण्डारीले देशको रोग भ्रष्टाचार भएको बताएका छन्।
 |  शनिबार, मंसिर १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १७, २०७९

वुटवल- नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्यमा गुल्मी १ बाट निवार्चित सांसद डा. चन्द्र भण्डारीले देशको रोग भ्रष्टाचार भएको बताएका छन्। उनले पञ्चायतमा पनि खाने पानि, सडकको माग हुने गरेकोमा अहिले पनि त्यहि समस्या जनताले उठाउन परेको स्मरण गरे। 

National life

नेपाल प्रेस यूनियन रूपन्देहीले शनिबार बुटवलमा गरेकने पत्रकार भेटघाटमा नेता भण्डारीले जनताले अझै पनि न्यूनतम विकासका लागि हात फैलाउनुपर्ने अवस्था आउनु भष्ट्राचार नै प्रमुख कारण रहेको बताए। उनले देशमा जताततै दलाल समूहहरू हावी हुँदा बेथिति बढेको बताए। 

'देशको रोग हामीलाई थाहा छ। हाम्रो विचार समूहमा धेरैजसो डाक्टर छौं। अब हामी नै निदान गर्छौ,' उनले भने। उनले सरकारको नेतृत्वमा कोजाने भन्दा पनि कस्तो सरकार बनाउने भन्नेमा आफ्नो जोड रहेको बताए। उनले उमेर भन्दा विचारले नेतृत्व गर्नुपर्ने बताए। 

कांग्रेसबाट गगनथापा प्रधानमन्त्री भन्ने चर्चा छ? तपाईंको राय के छ? भन्ने पत्रकारको जिज्ञासामा उनले भने, 'प्रत्यक्ष निवार्चन भएको भए व्यक्तिको चर्चा गर्नु ठिक हुन्थ्यो। तर अब जितेकाहरूले प्रधानमन्त्री बनाउने हो। त्यसैले अहिल्यै प्रधानमन्त्रीको विषयमा बोल्नु उपयुक्त हुँदैन।' 

उनले कांग्रेस महाधिवेशनपछि आफूहरूको विचार समूहले पार्टीमा पुस्तान्तरणको सवाल उठाएको बताउँदै त्यो समूह र पार्टी नेताहरूबीच छलफल गरेर मात्रै निर्णयमा पुग्न सकिने बताए। 'कसैले ईच्छा राख्दैमा प्रधानमन्त्री हुने होइन। यो विषयमा पार्टी सभापति शेरबहादुर जी, प्रचण्ड जी, माधव जीसँग पनि छलफल गरेर निर्णयमा पुग्ने हो। बाटैमा बोलेर विषयान्तर गर्नु हुन्न,' उनले भने।

Shivam cement

गुल्मी १ मा एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गरेका भण्डारीले आफ्नो निर्वाचन क्षेत्रमा समस्याहरू रहेकाले त्यसको समाधान गर्ने प्रतिबद्वता जनाए। 

प्रकाशित: Dec 03, 2022| 09:40 शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...