शनिबार, जेठ ३०, २०८३

राजदूतसँगको भेटबारे भीम रावललाई यस्तो जवाफ दिए मेयर बालेनले

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अमेरिकी राजदूतले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र आफूले भेटेको स्पष्ट पारेका छन्।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अमेरिकी राजदूतले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र आफूले भेटेको स्पष्ट पारेका छन्।

National life

शुक्रबार एमाले नेता भीम रावलले मेयर बालेन शाहले अमेरिकी राजदूतसँगको भेटवार्ताबारे परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो वा होइन भन्दै प्रश्न उठाएका थिए। सोही प्रश्नको जवाफ फर्काउँदै शाहले अमेरिकी राजदूतले नै परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि आफूले भेटेको बताएका छन्। 

उनले भनेका छन्, 'अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं।' 

शाहले आफूलाई विदेशीसँग सहयोग माग्ने कुनै रहर नभएको बताएका छन्। 'उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ। थप एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ,' शाहले भनेका छन्।


Shivam cement

प्रकाशित: Dec 02, 2022| 20:06 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...