शनिबार, जेठ ३०, २०८३

मतगणना भइरहेका तीनै क्षेत्रमा गठबन्धनका उम्मेदवारको अग्रता

मतगणना जारी रहेका दोलखा, स्याङ्जा २ र बाजुरामा सत्तारुढ गठबन्धन दलका उम्मेदवारले अग्रता लिइरहेका छन्। विवादका कारण पुनः मतदान भएको दोलखा तथा मतगणना रोकिएका स्याङ्जा २ र बाजुरामा दुई दिनदेखि मतगणना जारी छ।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत प्रत्यक्षतर्फ १६५ वटा निर्वाचन क्षेत्रमध्ये १६२ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ भने तीनवटा क्षेत्रमा गणना भइरहेको छ।

National life

मतगणना जारी रहेका दोलखा, स्याङ्जा २ र बाजुरामा सत्तारुढ गठबन्धन दलका उम्मेदवारले अग्रता लिइरहेका छन्। विवादका कारण पुनः मतदान भएको दोलखा तथा मतगणना रोकिएका स्याङ्जा २ र बाजुरामा दुई दिनदेखि मतगणना जारी छ।

शुक्रबार साँझसम्म तीनै क्षेत्रमा सत्तारुढ गठबन्धन दलका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन्। दोलखामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले पाँच हजार ४१६ मत पाएर अग्रस्थानमा छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण सिवाकोटीले ३ हजार ८८९ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले १३५ मत पाएका छन्।

स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले दुई हजारभन्दा बढी मतको अग्रता बनाएका छन्। गुरुङले १६ हजार ५३८ मत पाएका छन् भने एमाले उम्मेदवार पद्मा अर्यालले १४ हजार २२३ मत पाएकी छन्। यहाँ पनि तेस्रो नम्बरमा रहेका स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ६ हजार १६४ मत पाएका छन्।

Shivam cement

बाजुरामा कांग्रेसका उम्मेदवार बद्री पाण्डेले दुई हजारभन्दा बढी मतको अग्रता बनाएका छन्। पाण्डेले ६ हजार ५३५ मत पाएका छन् भने एमालेका कर्णबहादुर थापाले चार हजार ४२१ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका जंगकुमार गिरीले २२ मत पाएका छन्।

प्रकाशित: Dec 02, 2022| 19:38 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...