शनिबार, जेठ ३०, २०८३

एमाले–नेकपा एस जुहारी, खनालमाथिको आरोप पुष्ट्याइँ गर्न चुनौती

इलाम १ बाट पराजित भएसँगै नेकपा एसका नेता खनालले एमालले कर्मचारीलाई हातमा लिएर आफूलाई हराएको आरोप लगाएका थिए।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

काठमाडौं– इलाम १ को निर्वाचनलाई लिएर नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच आरोप–प्रत्यारोप सुरु भएको छ। नेकपा एस इलामले नेता खनालमाथि लगाएको आरोप पुष्टि गर्न एमालेलाई चुनौती दिएको छ। 

National life

यसअघि इलाम एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र १ का संयोजक उदयबहादुर राईले नेता खनालले जथाभावी बोल्नुका साथै बम पड्काएको आरोप लगाएका थिए। उक्त आरोपप्रति ध्यानाकर्षण भएको जनाउँदै नेकपा एसले एमालेले लगाएको आरोपलाई पुष्टि गर्न भनेको छ।

‘बम विस्फोटजस्तो गम्भीर प्रकृतिको मुद्दालाई आधार, कारण र प्रमाणबिनै गठबन्धनका उम्मेदवारलाई आरोप लगाउनु अपराधजन्य कार्य भएकाले एमाले इलाम निर्वाचन परिचालन कमिटी १ का संयोजक उदयबहादुर राईलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराइन्छ,’ जिल्ला अध्यक्ष भक्त केसीले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

इलाम १ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार खनाल एमाले उम्मेदवार महेश बस्नेतसँग पराजित भएका थिए। पराजित भएसँगै उनले एमालले कर्मचारीलाई हातमा लिएर आफूलाई हराएको आरोप लगाएका थिए।


प्रकाशित: Dec 02, 2022| 13:19 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...