शनिबार, जेठ ३०, २०८३

प्रचण्ड निवास खुमलटारमा जितको बधाइ दिन रोक

चुनावमा उत्साह हुने परिणाम नआएको र दैनिक काममा समेत असर पर्ने देखिएपछि पार्टी कार्यकर्ता तथा शुभेच्छुकलाई बधाइ दिन खुमलटार निवास नआउन भनिएको हो।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले चुनाव जितेका र सर्वसाधारणले पार्टी अध्यक्षलाई बधाइ तथा शुभकामना दिन खुमलटार निवास नआउन आग्रह गरेको छ।

National life

चुनाव जितेर बधाइ तथा शुभकामना दिन खुमलटार आउँदा खर्च हुने भएकाले यस्तो गर्नुपरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले विज्ञप्तिमार्फत जानकारी गराएका हुन्।

‘चुनावमा उत्साह हुने परिणाम नआएको र  चुनाव जितेपछि बधाइ तथा शुभकामना दिन जाँदा भड्किलो खर्च हुन्छ। दैनिक काममा समेत असर पर्ने देखिएपछि पार्टी कार्यकर्ता तथा शुभेच्छुकलाई बधाइ दिन खुमलटार निवास नआउन भनेका हौं’, उनले भने।

हालसम्म माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ १७ स्थानमा जित  हात पारेको छ। प्रचण्ड गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

प्रकाशित: Dec 02, 2022| 11:15 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...