आइतबार, जेठ ३१, २०८३

दोलखाका १० केन्द्रमा मतदान जारी

दोलखाका १० वटा मतदान केन्द्रमा आज मतदान भइरहेको छ। मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन्।
 |  बिहीबार, मंसिर १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १५, २०७९

काठमाडौं– दोलखाका १० वटा मतदान केन्द्रमा आज मतदान भइरहेको छ। मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान भएको  मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन्।

National life

बिहान ७ बजेदेखि मतदान सुरू भएकोमा मतदान शान्तिपूर्ण तरिकाले भइरहेको र मतदाता उत्साहित देखिएको उनले बताए। उक्त मतदान केन्द्रका चार मतदान स्थलमा आठ हजार पाँच सय १४ मतदाता रहेका छन्।

आयोगको यही ११ मंसिर बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालाय मतदान केन्द्रको क, ख, ग, वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात  मतदान केन्द्रमा आज मतदान गर्ने निर्णय गरेको थियो।  

आयोगले यही मंसिर ४ गते सम्पन्न भएको निर्वाचन रद्द गरी सोही ठाउँमा पुनः मतदान गरेको हो।


प्रकाशित: Dec 01, 2022| 14:41 बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...