आइतबार, जेठ ३१, २०८३

रेशमलाई फकाउन डिल्लीबजार कारागार पुगे गठबन्धनका नेता

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई फकाउन गठबन्धनका शीर्ष नेता डिल्लीबजार कारागार पुगेका छन्।
 |  बिहीबार, मंसिर १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १५, २०७९

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई फकाउन गठबन्धनका शीर्ष नेता डिल्लीबजार कारागार पुगेका छन्।

National life

माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले डिल्लीबजार कारागार पुगेर चौधरीलाई पालैपालो भेटेका हुन्।

दाहालले सोमबार अपराह्न, नेपालले मंगलबार बिहान र भट्टराईले दिउँसो चौधरीसँग भेटेर कुरा गरेको बताइएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवालेसमेत निकट सूत्रमार्फत चौधरीसँग वार्ता प्रक्रिया अघि बढाएका छन्। गठबन्धन आवद्ध नेताहरूले उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउन पहल गरिरहेको बताइएको छ।

उन्मुक्ति पार्टीले चौधरीको रिहाइ गर्नुपर्ने पहिलो सर्त राख्दै आएको छ। पार्टी अध्यक्ष एवं कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रञ्जिता श्रेष्ठले सरकारमा जानेबारे अहिले नै टुंगोमा पुग्न नसकिएको बताएकी छन्।

Shivam cement

प्रकाशित: Dec 01, 2022| 08:28 बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...