शुक्रबार, वैशाख ७, २०८१

लुम्बिनीमा कसको बन्ला सरकार? सत्ता समीकरणका लागि दौडधुप सुरु

५२ वटा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा एमालेले प्रत्यक्षतर्फ १८ सिट जित्दा नेपाली कांग्रेसले १७ सिट जितेर दोस्रो बनेको छ। २०७४ सालको तुलनामा एमालेले नौं सिट गुमाएको हो भने कांग्रेसले सिट संख्या बढाएको छ।
 |  बिहीबार, मंसिर १५, २०७९

विनोद परियार

विनोद परियार

बिहीबार, मंसिर १५, २०७९

बुटवल- लुम्बिनी प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसले सरकार गठनका बारेमा गृहकार्य शुरु गरेका छन्। सत्तारुढ नेपाली कांग्रेसले प्रत्यक्षतर्फ एक सिटले उछिनेर पहिलो दल बनेपछि सरकार कसको नेतृत्वमा बन्ने विषय थप रोचक बन्ने देखिएको छ। ५२ वटा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा एमालेले प्रत्यक्षतर्फ १८ सिट जित्दा नेपाली कांग्रेसले १७ सिट जितेर दोस्रो बनेको छ। २०७४ सालको तुलनामा एमालेले नौं सिट गुमाएको हो भने कांग्रेसले सिट संख्या बढाएको छ। ०७४ नेकपा माओवादी केन्द्रसँगको तालमेलमा एमालेले प्रत्यक्षतर्फ २७ सिट जितेको थियो। 

triton college

नेकपा माओवादीले प्रदेशसभातर्फ ५ वटामात्रै सिट जितेको छ। ०७४ मा एमालेसँग तालमेल गरेको माओवादीका लागि अहिलेको पाँच दलीय सत्ता गठबन्धनले घाटा लागेको छ। अघिल्लो पटक १४ सिट जितेको माओवादी ९ सिटमा खुम्चिएर तेस्रो दल बनेको छ। सत्ता गठबन्धनमा रहेका नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एउटा पनि सिट जित्न सकेनन्। जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले दुई–दुई सिट जितेका छन्। 

जनमत पार्टीले एक सिट जितेको छ। जनमत, राप्रपा र नागरिक उन्मुक्ति पार्टी प्रदेशसभाका लागि थप भएका दल हुन। रोल्पा, रुकुम पूर्व र नवलपरासी पश्चिममा माओवादीबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएका तीन जना स्वतन्त्र उम्मेदवारबाट विजयी भएका छन्। लुम्बिनीमा सरकार गठनमा नागरिक उन्मुक्ति, जनमत र राप्रपा निर्णायक दलका रुपमा रहन्छन्। 

मुख्यमन्त्रीका लागि एमाले, कांग्रेस र माओवादी नेताको लबिङ 

भावी मुख्यमन्त्रीको रुपमा आफूलाई चिनाउँदै चुनावी मोर्चामा होमिएका लुम्बिनीका तीन नेता पराजित भएपछि दोस्रो तहमा रहेका नेताहरुले मुख्यमन्त्रीका लागि लविङ शुरु गरेका छन्। नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन रोल्पा १ को ‘ख’ बाट, नेपाली कांग्रेस संसदीय दलको नेता रहिसकेका वीरेन्द्र कनौडिया कपिलवस्तु–३ (२) बाट पराजित भएपछि कांग्रेसभित्र विजयी भएका नेताहरुको लविङ शुरु भएको हो। यस्तै नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बराल गुल्मीको १ (१) बाट, नेकपा एमालेबाट मुख्यमन्त्रीका दाबेदार मानिएका दाङ–३ (१) बाट घनश्याम पाण्डे पराजित भएका छन्। यी नेताहरुले आफूलाई निर्वाचनका बेलामा भावी मुख्यमन्त्रीका रुपमा प्रचार गरेका थिए। तर, निर्वाचनमा पराजित भएपछि यी नेताहरु मुख्यमन्त्रीको रेसबाट आउट भएपछि पार्टीका सिनियर नेताहरुले पार्टीभित्र र पार्टीइतर छलफललाई तिव्रता दिएका हुन्। 

corrent noodles
Metro Mart
 ५२ वटा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा एमालेले प्रत्यक्षतर्फ १८ सिट जित्दा नेपाली कांग्रेसले १७ सिट जितेर दोस्रो बनेको छ। २०७४ सालको तुलनामा एमालेले नौं सिट गुमाएको हो भने कांग्रेसले सिट संख्या बढाएको छ।

नेपाली कांग्रेसबाट मुख्यमन्त्रीका रुपमा लुम्बिनी प्रदेशका सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी र पार्टीका केन्द्रीय सदस्य तथा पूर्व खानेपानी राज्यमन्त्री अब्दुल रज्जाकको मुख्य दावी रहेको छ। त्यस्तै नेता राजु खनाल पनि आकांक्षी छन्। यी तीनै नेता संस्थापन अर्थात् पार्टी सभापति शेरबहादुर देउवा निकटका हु्न। यस्तै शेखर कोइराला पक्षले कांग्रेसबाट पाल्पाबाट निर्वाचित हालका मन्त्री समेत रहेका वीरबहादुर रानालाई मुख्यमन्त्रीमा रुपमा आगडि सार्ने तयारी गरेको छ।। यदि सत्ता समीकरणमा केन्द्रदेखिको सहमति भएमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका जोगबहादुर महरा पनि मुख्यमन्त्रीको लागि आन्तरिक लबिङमा छन्। माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल गुल्मीमा पराजित भएसँगै माओवादीबाट रोल्पा १ (१)बाट निर्वाचित महराका लागि मुख्यमन्त्री बन्ने सहज मार्ग बनेको हो। महरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव हुँदै संसदीय राजनीतिमा होमिएका हुन्। यद्यपि माओवादीले प्रत्यक्षमा थोरै सिट जितेकाले तत्तकाल दह्रोसँग दावी गर्ने अवस्थामा छैन। नेकपा माओवादीभित्र प्रत्यक्षमा निर्वाचन जितेकी माओवादी नेतृ कृष्णा केसी ‘नमुना’ लाई पनि मुख्यमन्त्रीका रुपमा अगाडि सार्नुपर्ने मत देखिएको छ। उनी बाँके १ (१)बाट निर्वाचित भएकी हुन्। ०७४ सालमा पनि उनी प्रदेशसभामा निर्वाचित भएकी थिइन्। मुख्यमन्त्रीका रुपमा विकल्पमा महिलालाई अगाडि सार्ने अन्यथा गठबन्धन हुँदा सभामुख वा उपसभामुखमा लैजान सक्ने चर्चा पनि छ। 

त्यसो त पहिलो दल एमालेले नेतृत्व पाउन सक्ने अवस्थामा पूर्वमन्त्री लीला गिरी, भूमेश्वर ढकाल र भोजप्रसाद श्रेष्ठमध्ये एक जनालाई अगाडि सार्ने लविङ भएको छ। एमालेभित्र उपाध्यक्ष विष्णु पौडेल र महासचिव एंव पूर्वमुख्यमन्त्री शंकर पोखरेल मध्ये कुन पक्षलाई प्रदेश सरकारको नेतृत्वमा पठाउने त्यसले समेत भूमिका खेल्नेछ। मुख्यमन्त्रीका रुपमा रहँदा पोखरेलले रुपन्देहीका गिरी र ढकाललाई आफ्नो पक्षमा राखेका थिए। श्रेष्ठ पौडेल पक्षका भएकाले पोखरेल समूहको असहयोग हुने देखिन्छ। एमालेबाट अर्घाखाँचीका चेत नारायण आचार्य, कपिलवस्तुका विष्णु पन्थीको पनि मुख्यमन्त्रीका आकांक्षी हुन्। 

लुम्बिनीमा कसले कहाँबाट जिते? 

पहिलो दल बनेको नेकपा एमालेबाट लीला गिरी रुपन्देही २(१), भोजप्रसाद श्रेष्ठ– रुपन्देही २(२), तुल्सीप्रसाद चौधरी– रुपन्देही–३(२), भूमिश्वर ढकाल– रुपन्देही ५(१), चिन्तामणि पाण्डे– गुल्मी १(१), डिल्लिराज भुसाल– गुल्मी २(१), दिनेश पन्थी– गुल्मी २(२), राजुप्रसाद श्रेष्ठ– पाल्पा १(१) र खेमबहादुर सारु– पाल्पा १(२) बाट निर्वाचित भएका छन्।

यस्तै चेतनारायण आचार्य– अर्घाखाँची १(२), राजजीप्रसाद घिमिरे– अर्घाखाँची १(२), विष्णु पन्थी– कपिलवस्तु १(१), मधुशरणप्रसाद चौधरी– कपिलवस्तु १(२), नवराज लामिछाने– कपिलवस्तु २(१), अर्जुनकुमार केसी– कपिलवस्तु ३(१), तुल्सीराम शर्मा– प्युठान १(१), दुर्गाप्रसाद चौधरी– बाँके १(२) र रत्नबहादुर खत्री–बाँके ३(१) बाट निर्वाचित भएका छन्। 

कांग्रेसका प्रदेश सांसद

कांग्रेसबाट अब्दुल रज्जाक रुपन्देही १(२), वसिउद्दिन खाँ रुपन्देही ४(२), विश्वप्रेम पाठक नवलपरासी १(१), देवकरणप्रसाद कलवार नवलपरासी १(१), सुधाकर पाण्डे– कपिलवस्तु २(२), सरोज थापा (रोज राणा)– प्युठान १(२), अनुराग खड्का– दाङ १(१), राजु खनाल– दाङ २(१), प्रचण्डविक्रम न्यौपाने– दाङ २(२), डिल्लीबहादुर चौधरी– दाङ ३(१) बाट निर्वाचित भएका छन्। 

यस्तै बादशाह कुर्मी– बाँके ३(२), धनबहादुर केसी– रुकुमपूर्व १(२), भुवनेश्वर चौधरी– बर्दिया १(१), जन्मजय तिमिल्सेना– बर्दिया २(१), वीरबहादुर राना– पाल्पा २(१), धनेन्द्र कार्की– गुल्मी १(२) र बैजनाथ कलवार जैसवाल– नवलपरासी २(ख) बाट निर्वाचित भएका छन्।

माओवादीका प्रदेश सांसद

तेस्रो दल बनेको माओवादी केन्द्रबाट जोखबहादुर महरा– रोल्पा १(१), इन्द्रजित थारु– दाङ १(१), कृष्णा केसी– बाँके १(१), तुलाराम घर्ती– पाल्पा २(२) र धनबहादुर मास्की– दाङ ३(२) बाट निर्वाचित भएका छन्।

यस्तै जनता समाजवादी पार्टीबाट भण्डारीलाल यादव– बाँके २(१) र आदेशकुमार अग्रवाल– बाँके २(२) बाट निर्वाचित भएका छन्। लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोष पाण्डे– रुपन्देही ३(१) र कन्हैया बनियाँ– रुपन्देही ४(१) बाट निर्वाचित भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आशिषकुमार चौधरी– रुपन्देही १(क) र जानकीप्रसाद यादव–कपिलवस्तु ३(२) बाट निर्वाचित भएका छन्।

नयाँ दलको रूपमा उदाएको नागरिक उन्मुक्ति पार्टीबाट राजकुमार चौधरी– बर्दिया १(२) र धर्मबहादुर चौधरी–बर्दिया २(२) बाट निर्वाचित भएका छन्। नयाँ दलकै रूपमा प्रदेश सभामा प्रवेश गरेको जनमत पार्टीबाट चन्द्रकेश गुप्ता– रुपन्देही ५(२) बाट निर्वाचित भएका छन्। 

यस्तै नेकपा माओवादी केन्द्र छाडेर बागी उम्मेदवारी दिएका दीपेन्द्र पुन, रोल्पा १(२), सरुल पुन रुकुमपूर्व १(१) र खड्ग बस्नेत नवलपरासी २(२) बाट निर्वाचित भएका छन्।

प्रकाशित: Dec 01, 2022| 07:49 बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...