आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एकीकृत समाजवादीले सातै प्रदेशमा कटायो थ्रेसहोल्ड, केन्द्रमा संघर्षरत

एकीकृत समाजवादीले सातै प्रदेशमा कटायो थ्रेसहोल्ड, केन्द्रमा संघर्षरत

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले समानुपातिकतर्फ सातवटै प्रदेशमा थ्रेसहोल्ड कटाएको छ। प्रदेशमा १.५ प्रतिशत मत पाउँदा थ्रेसहोल्ड कट्ने व्वयस्था छ।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले समानुपातिकतर्फ सातवटै प्रदेशमा थ्रेसहोल्ड कटाएको छ। प्रदेशमा १.५ प्रतिशत मत पाउँदा थ्रेसहोल्ड कट्ने व्वयस्था छ।

National life

एकीकृत समाजवादीले कर्णालीमा ६ प्रतिशत मत पाएको छ भने सुदुरपश्चिममा ४.९८ प्रतिशत मत समानुपातिकतर्फ पाएको छ। सबैभन्दा कम गण्डकीमा उसले १.५९ प्रतिशतमात्र मत पाएको छ।

एकीकृत समाजवादीले लुम्बिनीमा २.२५ प्रतिशत मत पाएको छ भने बागमतीमा ३.४७ प्रतिशत, मधेस प्रदेशमा ५.५५ प्रतिशत र प्रदेश १ मा ३.०३ प्रतिशत मत समानुपातिकतर्फ पाएको छ।

संघीय संसद्‍मा भने यो नेकपा एस थ्रेसहोल्ड कटाउन संघर्षरत छ। समानुपातिकतर्फ उसले ३ प्रतिशतको थ्रेसहोल्ड कटायो भने राष्ट्रिय पार्टीको मान्यता पाउने छ र बढीमा ४ सिट सांसद थपिएर १४ सिटको दल बन्न पुग्नेछ। थ्रेसहोल्ड कटेन भने सत्ता गठबन्धनलाई ४ सिट घाटा लाग्ने छ। प्रतिनिधिसभामा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सिट जितेको छ।

बुधबार रातिसम्म उसले प्रतिनिधिसभामा समानुपातिकतर्फ २.८५ प्रतिशत मत पाएको छ। ३ प्रतिशत कटाउन अब उसलाई ०.१५ प्रतिशत मत आवश्यक छ। अब केही लाखमात्रै मत गन्न बाँकी छ।

Shivam cement

प्रकाशित: Nov 30, 2022| 22:18 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...