आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस नेतृत्वमा सरकार बन्छ, प्रधानमन्त्रीमा मेरो दाबी हुन्छ : गगन थापा

कांग्रेस नेतृत्वमा सरकार बन्छ, प्रधानमन्त्रीमा मेरो दाबी हुन्छ : गगन थापा

महामन्त्री थापाले अबको देशको नेतृत्व कांग्रेसले नै गर्ने र कांग्रेसले नेतृत्व गर्दा नयाँ नेतृत्व दिन सके मात्रै नागरिकहरुलाई आश्वस्त बनाउन सकिने बताए।
 |  मंगलबार, मंसिर १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १३, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले र नागरिकको भरोसालाई जोगाउन आफूले प्रधानमन्त्रीका लागि तयारी थालेको बताएका छन्। झापा-१ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएर राजधानी फर्किएका महामन्त्री शर्मासँगको भेटपछि महामन्त्री थापाले यस्तो बताएका हुन्। विश्वसँगको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। 

National life

लोकतन्त्रको महत्वपूर्ण पक्ष चुनाव र नागरिकको भरोसा भएकाले अहिलेको परिस्थितिमा युवाको चाहनाअनुसार आफूले प्रधानमन्त्रीमा दाबी गर्ने गगनले उल्लेख गरे। महामन्त्री थापाले अबको देशको नेतृत्व कांग्रेसले नै गर्ने र कांग्रेसले नेतृत्व गर्दा नयाँ नेतृत्व दिन सके मात्रै नागरिकहरुलाई आश्वस्त बनाउन सकिने बताए।

‘संसदीय दलको नेता हुने चाहना नेताहरुले राख्ने, बीचमा छलफल हुने, बहस हुने कुरालाई एकदमै स्वभाविक रुपमा लिनुपर्छ। मैले यसलाई स्वाभाविक रुपमा लिएको छु,’ कांग्रेसभित्र संसदीय दलको नेताका लागि दाबीकर्ता नेताको संख्या थुप्रै रहेकोतर्फ संकेत गर्दै गगनले भनेका थिए, ‘यो बेलामा नेपाली कांग्रेसको तर्फबाट युवा पुस्ताको प्रतिनिधिले देश हाँक्छु भनेर अघि बढ्नुपर्छ। यो पार्टीको लागि पनि आवश्यक छ। लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण पक्ष चुनाव र नागरिकको भरोसा हो। व्यवस्थाप्रति नागरिकहरुको भरोसा जोगाउन पनि यो आवश्यक छ। यो कुरा उहाँहरु (संसदीय दलको नेताका लागि दाबी गरिरहेका)लाई बुझाउन सकिन्छ।’

विगतमा आफूले रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई संसदीय दलको नेता बनाउनका लागि सहयोग गरेको उल्लेख गर्दै यसपालि दलका अग्रज नेताले आफूलाई संसदीय दलको नेता बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे। महामन्त्री थापाले संसदीय दलको नेतामा चयन गर्न अधिकांश नेताहरुको साथ आफूलाई रहेको पनि जिकिर गरे। कांग्रेसबाट सांसद चुनिएका अधिकांश नेताहरूसँग टेलिफोन र भेट गरेको उल्लेख गर्दै सबैले आफूलाई सहयोग गर्ने वाचा दिएको उल्लेख गरे। 

महामन्त्री थापा काठमाडौं-४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित छन्। निर्वाचन अघिबाट नै उनले प्रधानमन्त्री बन्ने योजना सुनाउँदै आएका थिए। कांग्रेस संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीका लागि कांग्रेसबाट शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला, शशांक कोइराला र थापाले आकांक्षा व्यक्त गर्दै आएका छन्। 

Shivam cement

प्रकाशित: Nov 29, 2022| 20:23 मंगलबार, मंसिर १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...