बिहीबार, असार ४, २०८३

सुकुम्बासी बस्तीमा बालेनको विरोध [तस्बिर]

काठमाडौं महानगरका मेयर बालेन्द्र साह र गृहमन्त्रीविरुद्ध गरिएको प्रदर्शनमा आफूहरू रहेकै स्थानको जग्गा उपलब्ध गराउन माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्।
 |  मंगलबार, मंसिर १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १३, २०७९

काठमाडौं- काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन लागिएको विरोधमा मंगलबार पनि प्रदर्शन गरिएको छ। काठमाडौं महानगरका मेयर बालेन्द्र साह र गृहमन्त्रीविरुद्ध चर्का नाराबाजीसहितको प्रदर्शन गरेका  हुन्।

National life

सुकुम्बासीहरुले आफूहरू रहेकै स्थानको जग्गा उपलब्ध गराउन माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्। सुकुम्बासी बस्ती खाली गर्न सोमबार महानगरको टोली डोजर लिएर पुगेपछि स्थानीय सुकुम्बासीहरूले विरोध थालेका हुन्।

वास्तविक सुकुम्बासी पहिचान गरी उनीहरूलाई उपलब्ध गराउन अपार्टमेन्ट तयार भएपनि सुकुम्बासीहरु भने आफूले उपभोग गर्दै आएको जमिन नै आफ्नो नाममा गरिदिनुपर्ने माग गर्दै आएका छन्। बस्ती हटाउन नसक्दा बागमती करिडोरको काम प्रभावति भएको छ। 

सुकुम्बासी बस्ती हटाउन खोज्दा भएको विरोध र आगामी प्रक्रियाबारे महानगरका मेयर साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग सोमबार छलफल गरेपनि संघीय सरकारका मन्त्रीहरूले यो विषयमा कुनै धारणा सार्वजनिक गरेको छैन।  

हेर्नुहोस् मंगलबारको विरोध

Shivam cement

प्रकाशित: Nov 29, 2022| 18:16 मंगलबार, मंसिर १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।