आइतबार, जेठ ३१, २०८३

विप्लवले भने– कम्युनिस्टलाई घेराबन्दी गरेर समाप्त पार्न खोजियो

महासचिव विप्लवले आमनिर्वाचनबारे भिडियो वक्तव्य दिँदै झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र परिवर्तनका पक्षमा लडेका सबै कम्युनिस्ट एक ठाउँ आउनुपर्ने बताएका हुन्।
 |  मंगलबार, मंसिर १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १३, २०७९

काठमाडौं– नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालका कम्युनिस्टहरुलाई संसदीय राजनीतिमार्फत घेराबन्दी गरी समाप्त पार्न खोजिएकाले सबै वामशक्तिलाई एउटै हुन आह्वान गरेका छन्। मंगलबार महासचिव विप्लवले आमनिर्वाचनबारे भिडियो वक्तव्य दिँदै झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र परिवर्तनका पक्षमा लडेका सबै कम्युनिस्ट एक ठाउँ आउनुपर्ने बताएका हुन्।

National life

‘झापा विद्रोहदेखि, जनयुद्धदेखि यहाँसम्म क्रान्ति र परिवर्तनको पक्षमा लडेका, योगदान गरेका, नयाँ सपना देखेका कुनै न कुनै रुपले योगदान गरेका सबै वाम समर्थक देशभक्त नागरिक एक हुन जरुरी छ,’ उनले भनेका छन्।

कम्युनिस्टलाई घेराबन्दी गरेर समाप्त पार्न खोजिएको उनले आरोप लगाए। ‘नेपाललाई पश्चिम बंगाल बनाउन संसदीय व्यवस्थाको पुच्छरमा कम्युनिस्टलाई घिसारेर अन्ततः कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने, कम्युनिस्ट समर्थक जनतालाई परिवर्तन र क्रान्तिको चेतनाबाट विसर्जित गर्ने षड्यन्त्र भएका छन्। हामी सचेत हुनुपर्छ,’ उनले भने।

महासचिव विप्लवले सबै कम्युनिस्टले कमजोरी सच्याउनुपर्ने बेला आएकाले अझै पनि संसद्बाट केही गर्न सकिन्छ भन्ने भ्रम मात्रै रहेको दाबी गरेका छन्। संसदीय व्यवस्थामा नयाँ पार्टी र नयाँ अनुहारको नारा लगाउनु जनतालाई भ्रमित पार्ने काम मात्रै भएको उनको धारणा छ। नयाँ पार्टी र अनुहार नेपाललाई खेल मैदान बनाउने षड्यन्त्र मात्रै भएको उनको आरोप छ।

प्रकाशित: Nov 29, 2022| 14:22 मंगलबार, मंसिर १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...