काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदमा आज सम्बोधन गर्ने भएका छन्। असार २८ गते सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्रीबाट पदमुक्त भएका ओलीले पहिलो पटक संसदमा सम्बोधन गर्न लागेका हुन्।
उनले प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा संसदमा सम्बोधन गर्न लागेको नेकपा एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।
शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि साउन ३ मा बसेको प्रतिनिधिसभाको बैठकका दिन देउवाले विश्वासको मत लिने बेला मात्रै ओली संसदमा उपस्थित भएका थिए। त्यसयताका बैठकमा भने उनी अनुपस्थित रहँदै आएका छन्। एमाले अध्यक्ष ओलीले आज सरकारको न्यूनतम साझा कार्यक्रम लगायत पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सम्बोधन गर्न लागेको भट्टराईले जानकारी दिए ।