आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बालुवाटारमा पाक्दै छ प्रधानमन्त्रीको खिचडी, देउवाले भेटे प्रचण्ड र माधव नेपाल

बालुवाटारमा पाक्दै छ प्रधानमन्त्रीको खिचडी, देउवाले भेटे प्रचण्ड र माधव नेपाल

नेता नेपाल र र प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटार पुगेर आगामी सहयात्रा, सरकार गठनलगायत विषयमा देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।
 |  सोमबार, मंसिर १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९

काठमाडौं– सरकार गठनका लागि सुविस्ताजनक बहुमत नपुग्ने छाँटकाँट नदेखिएपछि सत्ता गठबन्धनबाट चुनावी मैदानमा हाम फालेका सहयात्री राजनीतिक दलका नेताहरू पुनः सरकार गठनको मार्गचित्र कोर्न बालुवाटार भेला हुन थालेका छन्।

National life

आगामी सरकार आफ्नै नेतृत्वमा गठन गर्ने मनसुवासहित कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन्।

नेता नेपाल र र प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटार पुगेर आगामी सहयात्रा, सरकार गठनलगायत विषयमा देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।

अहिलेकै पाँच दलीय गठबन्धनबाट नयाँ सरकार बनाउने योजनामा साथ दिन देउवा तयार भएको बताइएको छ। शनिबार प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफलमा पनि अहिलेकै गठबन्धनबाट  नयाँ सरकार बनाउने समझदारी भइसकेको छ।

देउवाले प्रचण्ड र नेता नेपालसँग चुनावी परिणामको समीक्षा, समसामयिक राजनीति र भावी सरकारका विषयमा कुराकानी गरेको बताइएको छ।

Shivam cement

प्रकाशित: Nov 28, 2022| 13:01 सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...